काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आईतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आईतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा पहाडी भूभागका भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।