चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’

चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’

काठमाडौं। चीनको ग्वाङझाउबाट काठमाडौं आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ भएको छ ।अर्कोतिर बैंककबाट काठमाडौं आउँदै गरेको थाइ एयरवेजको विमान पनि बारा जिल्लातिर ‘होल्ड’ भएको छ । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी भए पनि ‘मिस एप्रोच’ भएर फर्किएको हो ।यस्तै, भारतको नयाँ दिल्लीबाटकाठमाडौं आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराकै आकाशमा लामो समयदेखि ‘होल्ड’ भएको छ ।