काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा असोज १३ गते आईतबारका लागि तय गरिएको परीक्षा असोज २१ गते हुने भएको छ ।
अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि विश्वविद्यालयले आईतबारका लागि तय गरिएको बीएस्सी, बीए, बीएड र बीबीएस दोस्रो वर्षका परीक्षाहरू स्थगित गरेको छ ।
त्रिविका अनुसार स्नातकोत्तर तहको आईतबार हुने परीक्षा यथावत रहेको छ ।