काठमाडौं । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवामा विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ अधिकृत स्तर आठौँ र सातौँ तहका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ।
विज्ञापन सूचना नं. ७५/२०८१-०८२ अनुसार, असार ३० गते बुधबार सार्वजनिक सूचना अनुसार कोशी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो ।

























