काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको कोषको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले आवेदन आव्हान गरेको हो ।
कोषले सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि योग्तम् व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र (कार्यालय समय)भित्र आवेदन दिन भनेको छ ।
कोषको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गरिने उल्लेख गर्दै सामाजिक सूचना ऐन, २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ तथा सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनौट, पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सम्बन्धी विनियमावली, २०७६ बमोजिम आवेदन माग गरेको हो ।
उक्त सूचना अनुसार अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्य शास्त्र वा कानूनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सरकारी वा गैरसरकारी संघ संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको ५५ वर्ष उमेर ननाघेको व्यक्ति उक्त पदका लागि आवेदन दिन योग्य मानिने बताइएको छ ।
कार्यकारी निर्देशकको नियुक्ति नभएसम्म नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरहको कुनै अधिकृतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशकको पदमा काम गर्ने गरी तोक्न वा खटाउन सक्ने व्यवस्था ऐनमा रहेको छ ।
चार वर्षे कार्यकाल पूरा रेरर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली विदा भएसँगै नयाँ कार्यकारी निर्देशकका लागि आवेदन आह्वान भएको हो । २०७६ साउनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको कोषको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले ज्ञवालीलाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए । ज्ञवालीले चार वर्षे कार्यकालमा कोषलाई करिब शून्यको अवस्थाबाट नीतिगत, संरचनागत, प्राविधिक र व्यवहारिक रुपमा समेत अब्बल संस्थाको रुपमा स्थापित गरेका छन् ।
ज्ञवालीको कार्यकाल पूरा भएसँगै कोषको कार्यकारी निर्देशक पद रिक्त भएको हो । कोषको प्रशासकीय प्रमुखको रुपमा कार्यसम्पादन गर्न एक जना कार्यकारी निर्देशक रहने व्यवस्था योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा छ ।
हेर्नूहोस् सूचनाः