काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झार खण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई भू/भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
यस्तै गरी, आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई भू/भाग र मधेस प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।