काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका २९ वटा विमानस्थलमा तीन महिनासम्म दिउँसो साढे बाह्र बजेपछि व्यावसायिक चार्टर उडान गर्न नपाइने जनाएको छ ।
खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न प्राधिकरणले सोमबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।
प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले उडान सञ्चालनको समय बिहान ६ : ४५ देखि दिउँसो १२ : ३० सम्म तोकेको छ । तर, वायुसेवाहरूको अनुरोधमा प्राधिकरणले ५ वर्षअघि यो नियम खुकुलो बनाउँदै वायुसेवाहरूलाई १२ः३० पछि पनि चार्टररव्यावसायिक उडान अनुमति जारी गर्दै आइरहेको थियो ।
अबदेखि ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमिकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिने चौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाडा, काँगेलडाडा, बागलुङ, दार्चुला र मेघौली विमानस्थलमा १२ : ३० बजेपछि उडान नहुने प्राधिकरणले जनाएकाे छ ।