काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा जित हाँसिल गर्ने अवस्था देखिएकाे बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'रास्वपाको बाटो अब सहज हुन्छ । गुगल म्यापले बाटाे देखाएझैं जनताले हामीलाई बाटाे देखाइसक्नु भएकाे छ ।'
'२०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन्,' लामिछानेले भने, ‘तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ, तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ, तर हामी डराउँदैनौँ ।'
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने पनि बताएका छन् । २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि लामिछानेले आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिरका गरेका छन् । उनले भने, 'हामीहरू मिलेर हाताेमालाे गरेर अगाडि बढ्याे भने जीत हुने समय आएकाे छ ।'
'हामीले दिने बिचारमाथि बिमर्ष हुनुपर्छ । र आपसमा लडेर हाेइन्, पार्टी भित्रै मिलेर अघि बढ्ने समय आयाे', भने उनले ।
अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको र वैवाहिक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसद्मा नलगिकन प्रमाणीकरणका लागि पठाउनुले सरकारको बाटो स्पष्ट भएको लामिछानेले उल्लेख गरे । उनले भने, 'पुत्ला कसकाे जल्नु पर्ने थियाे तर कसकाे चल्याे ।'
उनले नागरिकताकाे विषयमा माथि पनि बिचार स्पष्ट पारेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनको ठहरका छन् ।
अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको र वैवाहिक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसद्मा नलगिकन प्रमाणीकरणका लागि पठाउनुले सरकारको बाटो स्पष्ट भएको लामिछानेले उल्लेख गरे । उनले भने, 'पुत्ला कसकाे जल्नु पर्ने थियाे तर कसकाे चल्याे ।'
उनले रास्वपाकाे बाटाे जनताले सहज बनाइदिए पनि अन्य दलहरूले घेराबन्दीमा पारेकाे आराेप लगाएका छन् उनले । उनले भने, 'अहिले हामी चनाखो हुँदै जानुपर्छ। नागकिता विधेयकमा हामीले त्यतिबेला नै तत्कालीन राष्ट्रपतिले नागकिरता विधेयक रोक्दा हामीले संविधान विपरितको काम भयो भनेका थियौँ । तर दलहरूको अकर्मण्यता पनि भयो, सही बाटोबाट सही ढंगबाट ढोकाबाट नल्याइसकेपछि, प्रक्रिया नपुर्याइसकेपछि यस्तै हो भनेका थियौं । पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौं । हामीले वैवाहिक अंगीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौं । हामीले सही ढंगबाट आओस् भनेका छौं । हामीले नेपाली आमाका छोराछोरीले नागकिरता नपाउन् भनेर बोलेकै छैन । जन्मसिद्ध नागरिकले नागकिरता पाउनुपर्छ भनेका छौं । महिलामाथिकाे विभेद पनि प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ। संसद्मा ल्याएको भए दूधको दूध, पानीको पानी हुन्थ्यो, तर जानाजान कसैले न कसैले यसमा मुद्दा हाल्छ भन्ने जानेर हो कि, जानाजान यस्तोबाट ल्याइयो ।’
त्यसैगरी, 'उम्मेदवार छनाेट तथा पदाधिकारी छनाेटमा म हाेइन उहाँ, मलाई हाेइन उहाँलाई', भन्ने परिपाटी ल्याउने अभ्यासकाे रूपमा अगाडि बढिरहेकाे बताए उनले ।