काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महाशाखा प्रमुख (सहसचिवहरू)लाई विभिन्न मन्त्रालय/आयोग/प्रतिष्ठान/सचिवालय/कार्यालयहरूको प्रतिनिधि तोकेको छ ।
निजामती सेवा नियमावली, २०५० को नियम ७८ को उपनियम ५ बमोजिम गठन हुने पुनरावलोकन समिति बमोजिम मन्त्रालयले पाँच जना सहसचिवलाई विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, सचिवालय तथा कार्यालयहरूको महाशाखा प्रमुख तोकेको हो ।
साउन १७ गते बुधबारको सचिव स्तरीय निर्णयअनुसार उक्त निर्णय गरिएको मन्त्रालयको उपसचिव मिरा आचार्यद्वारा जारी परिपत्रमा उल्लेख छ ।
जसअनुसार सहसचिव स्किम श्रेष्ठलाई गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, संसद् सचिवालय, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिनिधि तोकिएको छ ।
यस्तै सहसचिव कमलप्रसाद भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै सहसचिव बलराज रिज्याललाई राष्ट्रपतिको कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, उपराष्ट्रपतिको कार्यालय प्रतिनिधि तोकिएको छ ।
त्यसैगरी सहसचिव हेमराज तामाङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, मधेशी आयोग, राष्ट्रिय सूचना आयोग, नेपाल ट्रस्टको कार्यालय तोकिएको छ ।
अर्का सहसचिव नारायणप्रसाद अर्याललाई सर्वोच्च अदालत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय मुस्लिम आयोग, निर्वाचन आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोग, थारु आयोगको प्रतिनिधि तोकिएको परिपत्रमा उल्लेख छ ।
हेर्नूहोस् परित्रपः