हेटौँडामा वृद्ध दम्पती मृत फेला

हेटौँडामा वृद्ध दम्पती मृत फेला

मकवानपुर । हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका-१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।