सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारीको शव ८ दिनपछि फेला

सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारीको शव ८ दिनपछि फेला

काठमाडौं । सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारीको शव फेला परेको छ । 

शनिबार बिहान ८ बजे ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको हो ।

पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ का भूर्तेल सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। 

गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो। 

भूर्तेलको शव उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जानकारी दिएको छ। 

प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाने क्रममा गाडी दुर्घटना भएको थियाे ।

सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव जेठ २३ गते भेटिएकाे थियाे ।

चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाएका थिए ।