-धिरेन्द्र राज गिरी
पुर्ब सचिवालय सदस्य , कर्णाली प्रदेश कमिटी
हाम्रो पार्टी नेकपा ( एमाले )ले सँगठनात्मक सुधारको लागि सङ्गठन बिभागले दुईदिने राष्ट्रिय कार्यशाला गोष्टी सँन्चालन गर्यो। उक्त दुई दिने कार्यशाला गोष्ठी बाट छ बुदे निर्णय गर्दै सर्कुलर समेत जारी गर्दै निर्देशन समेत गरेको छ । आगामी माघ देखि चैत्र मसान्तसम्म सम्पूर्ण जनशक्तिलाई वडा स्तरसम्म जोड्ने योजना बनाएको छ । जसबाट पार्टीको आन्तरिक अवस्था ,सगठनात्मक अवस्था ,जनता सङ्ग जनप्रतिनिधिको सम्बन्ध ,जनप्रतिनिधिको भुमिका लगाएत आन्तरिक पार्टी जिबनमा महत्त्वपूर्ण भुमिका खेल्ने पार्टी सदस्यहरु हुन , बर्तमान समयमा पार्टी सदस्यहरुले सदस्यता नवीकरणमा देखाएको उदासिनता ,तथा पार्टी सदस्यता नवीकरण किन भएन ?
यी यस्ता कुराको के छ अवस्था यसको प्रत्यक्ष जानकारी हाशिल गर्ने उदेश्यले यो अभियान सन्चालन गरिदैछ । यी सबै कार्य किन त रु यसको एउटै मक्सद हो पार्टी लाई आन्तरिक जिबनमा ब्यबस्थित गर्नु र पार्टीले लिएको लक्ष्य मिसन ०८४ हो । र ८४ मा एमाले एक्लैले निर्वाचन बाट श्रेष्टता हासिल गरि बलियो राष्ट्रियवादी शक्ति निर्माण गर्न ,र एकल स्थीर सरकार निर्माण गरि तिनै तहमा हामिले बहुमत हासिल गरिू समृद्ध नेपाल सुख नेपालीका सपन्नदृष्टा अध्यक्ष कमरेड केपी ओलीको सपना साकार गर्ने देह र उदेश्य हो ।
यसका लागि नेकपा (एमाले) का नेता कार्यकर्ता शुभचिन्तकले के गर्दा पार्टी बलियो जनआधारित र सबल नेता कार्यकर्ता हुनसक्छन् ? यसमा पनि पार्टी कमिटी र नेतृत्वले ध्यान दिनु पर्ने हुन्छ ।
अहिले हाम्रो पार्टीमा मात्रै हैन सबै पार्टीमा एउटा बहस चलेको छ। नेता र पार्टीका कार्यकर्ताहरुको जीवनशैली आचरण बानी व्यहोरा चाल चलन सबै खराब भयो । यस्ले जनतासम्म असर परेको छ । पार्टी नेता र कार्यकर्ताले जिबनशैलिलाई सुधार गरेर जानू पर्छ । सामान्यतया नेताहरुको जिबनशैली कार्यकर्ता सम्म सर्दै आएको देखिन्छ । बिचारहरुको बहस राष्ट्रिय अन्तरास्ट्रिय घटनाहरुको बहस भने हराउदै गएको छ । यसर्थ माथिको रोग तल सर्दै जाने र तलकाले त्यहि देखासिकि गर्नु स्वभाबिक होू बीउ राम्रो भए फल राम्रो हुन्छ । तर पनि राम्रो कुरा आनिवानी चाल चलनको पक्षमा लाग्ने र गलत कामको बिरोध हुनु पर्ने हो त्यो पछिल्लो पटक हराउदै गएको छ ।
कम्युनिस्ट पार्टीमा नेतृत्व क्षमता हुनु राख्नु र क्षमतावान बनाउनुलाई महत्त्वपूर्ण मानिन्छ तर हाम्रो भने ठिक उल्टो चल्दै छ । पार्टीको स्कुल बिभागले भने नेता उत्पादनमा , पार्टीमा बिचारको बहसको थालनी गरेको छ । तर पनि एउटा प्रश्न जबर्जस्त तेर्सिन्छ कि कार्यकर्ता सधै कार्यकर्ता भै वस्ने कि नेता पनि बन्ने रु यस्ता गलत कार्यलाई सुधार्ने कि मलजल गर्दै दुवो झेै फैलिन दिने रु वा त्यसलाई आफ्नो समर्थक ,प्रशङसक भएका कारणले त्यसलाई काँखी च्याप्ने रु त्यसैले यस किसिमको व्यबहार नेता , कार्यकर्ता तथा कमिटीबाट एकैसाथ सुधार गरेर पार्टीको मुख्य उदेश्य श्रर्वहारा, श्रमजीवी किसान मजदुर गरिवीमा पिल्सिएका जनताको मुक्तिका लागि स्थीर सरकार बलियो राष्ट्रिय शक्ति निर्माण गरेर राष्ट्रिय पुजीको निर्माण गर्दै समाजवाद निर्माण गर्ने आधार तयार गरि सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्नु पर्ने छ ।
त्यसका लागि हामी सबैले बिगत हैन बर्तमान लाई ध्यान दिदै भबिस्यका लागि सबै एकै ठाउँबाट जुरुक्क उठ्न आबश्यक छ ।
हाम्रो बिगत के थियो रु हामीलाई चिन्ने आधार के थियो रु हाम्रो अनुशासन कस्तो थियो रु तर आज हामीलाई जनताले कसरी हेरी रहेका छन रु यस्को समीक्षा राष्ट्रिय कार्यशाला गोष्ठीले गरेकै होला । त्यसैले मिसन ८४ लाई लक्ष्य राखेर नेता कार्यकर्ताले यस किसिमको कार्यशैली अपनाई अगाडि बढेमा राम्रो हुन्थ्यो कि १ साहेत कार्यशालाले यस्तै समिक्षा पनि गर्यो होला ।
अहिले हाम्रो पार्टिमा ,पार्टीका केही नेता र कार्यकर्ता समेत पार्टीको उदेश्य ,लक्ष्य माक्र्सवाद ,लेलिनवाद र जनताको बहुदलीय जनवाद भन्य सम्म थाहा नभएका थुप्रै छन। यो भनी रहदा नेता र कार्यकर्तालाई अवमूल्याकन गरेको ठानिएला तर यथार्थ यस्तै देखिन्छ । प्राबिधिक ढङ्गले नेता र कमिटीको नेतृत्व गरिरहेका छन । यसलाई पार्टी स्कुल बिभाग द्वारा शैद्दान्तिक रुपमा प्रष्ट पार्नु नितान्त आवश्यक छ । जसलाई वर्ग सघर्ष केहो ? श्रमजीवी जनता भनेका को हुन ? उनीहरूको नेतृत्व हामीले कसरी गर्नु पर्छ ? यस्ता शैद्दान्तिक र बैचारिक रुपमा स्पष्ट पार्नु आवश्यक छ । अहिले बर्ग र बर्गियता हराउदै गएको छ ।
आफुलाई लागेको चाहिएको आफ्नो अनुकुलको निर्णय आफनो मनलाग्दो मानिसलाई सुहाउँदो ,पार्टीको स्वार्थ भन्दा आफ्नो स्वार्थलाई हेर्ने सबै कुरा आफू केन्द्रित भएर काम गर्ने, वर्गीय हितलाई नहेर्ने ,आफ्नो र आफु अनुकुलका लागि जो जससङ्ग पनि सहकार्य गर्ने छाडा आचरण अनुशासन हिन हुने प्रबृत्ति बढदै गएको छ । यसलाई नियन्त्रण गर्दै सँगठनको नीति नेतृत्व नियम र कमिटी प्रणालिका निर्णय र निर्देशनलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने बानिको पुर्न बिकास गर्न जरुरी देखिएको छ ।
अन्याय अत्याचार दमन शोषण निरङ्कुश तथा एकदलीय तानाशाहका बिरुद्ध शशक्त आवाज उठादै जनताको मन जितेर जिनताको बिचबाट हुर्केर यहाँसम्म हाम्रो पार्टीको निर्माण भएको कुरा अहिले हराउँदै गएको छ ।
अहिले हाम्रो पार्टी र हाम्रा नेतृत्वलाई त्यसमा पनि अझ अध्यक्ष कमरेड केपी ओली र केही अरु नेता माथि चौतर्फि हमला भै राखेको छ। भने अर्को तर्फ जनताको बिचमा अन्याय अत्याचार भ्रष्टाचार मनोमालिन्या चरमचुलिमा पुगेको छ । सुसाशन हाम्रै सरकारले समेत जनताको मन जित्ने गरि दिन सकेको छैन। यसका बिरुद्ध हाम्रा स्थानीय तहका नेता कार्यकर्ताले जोडदार ढङ्गले शशक्त मुकाविला गर्नु पर्ने हुन्छ ।
पार्टीमा एउटा रोग आएको छ पार्टी नेतृत्व माथी अन्य साथिहरुमाथी हमला वा जहाँ त्यही कमजोर बनाउन लागिरहदा समेत , मेरो बिरोध भएको छैन मलाई हैन अर्को कसैलाई हो भन्य ढङ्गले वस्ने अवसरवादी चरित्रका नेता कार्यकर्ता हुनु भएन । नेता र पार्टी कमजोर हुनु भनेको समग्र पार्टी कमजोर हुनु हो भन्ने ढंगले बुझ्नु र बुझाउनु पर्दछ । त्यसैले निडर आवश्यक पर्दा पार्टी र नेतालाई सुरक्षा दिनु पर्ने हुन्छ त्यसका लागि आवश्यकता ठानेको वेला जस्तासुकै कदम चाल्न सक्ने जनशक्ति निर्माण गर्नु आवश्यक छ । तर युवाहरु राजनीति बाट र पार्टीमा लागेका युवाहरू समेत पलायनको अबस्था छ ।
पार्टीका नेता कार्यकर्ताहरुमा अध्ययन नगर्ने पार्टीका दस्तावेज नहेर्ने खाली पत्रपत्रिका र सामाजिक सन्जालका भरमा धारणा वनाउने परिपाटीको बिकाश भएको छ । कम्तीमा आफ्नो पार्टीको शिद्दान्त ,बिचार नीति कार्यक्रम उदेश्य लक्ष्य कार्यनीति र रणनीति त अनिवार्य रुपमा जान्नु पर्ने हो। अझ त्यो भन्दा माथी उठेर समग्ररुपमा नेपालीको राजनीति इतिहास , अर्थतन्त्र, भुगोल ,इतिहास समाज सामाजिक चरित्रसम्म जान्न जरुरी छ । अध्ययन गर्ने हरुले पार्टीको र समग्र राजनीतिक अवस्थाको विश्लेषण गर्न र सोही अनुसार पार्टीको धारणा वनाउने सक्ने कार्यकर्ता निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्छ ।
हाम्रो जीवनशैलीले पनि हामीलाई जनताबाट टाढा गरेको छ।गाउँका जनतासँग उठबस नगर्ने,गाउँमा जनताको घरमा , कार्यकर्ताको घरमा बसोबास नगर्ने ,आफ्नो कार्यक्षेत्रमा नरहने, हिजो कठिनपुर्ण अवस्थामा पार्टी ,नेता र कमिटीलाई साथ सहयोग गर्ने को कुरा नसुन्ने हिजोको पार्टी कामका लागि जेलनेल घरवारविहीन भएका सधै पार्टीको काममा समर्पण गरेका कार्यकर्ताले समय र उसको योग्यता अनुसारको जिम्मेवारी दिनु पर्नेमा उनीहरुले पाउनु पर्ने साथ सहयोग र अवसर नदिने । दुखि, गरिवी ,अन्याय दमनमा परेका मानिसलाई साथ सहयोग नगर्ने ।
आफू र आफ्नाका लागि रसदपानी गाडी घोडा होटल नगद नासो उपहारको व्यवस्था गर्नेलाई सेहार्ने प्रबृत्तिको बिकास भएको छ । यी यस्ता सबालमा कार्यशाला गोष्ठीमा पक्कै गम्भीर बहस भयो होला । यस्ता कमजोरीहरुलाई तुरुन्तै सुधार गर्दै निर्मुलपार्नु आवश्यक छ ।
स्वच्छ आचरण ,नैतिकवान,राजनैतिक जीवनको निरन्तरता र हालको प्रबिधि लाई समाल्न सक्ने नेता कार्यकर्ता निर्माण गर्नु पर्छ । पार्टीमा अहिले आलोचना र आत्मआलोचनाको प्रणाली हराउदै गएको छ। पार्टी निर्माण र नेतृत्वलाई सक्षम वनाउनका लागि गरिने यस किसिमको कृयाकलापलाई अहिले नेता र पार्टीलाईनै समाप्त गर्ने किसिमका गैर माक्र्सवादी चरित्र देखिएका छन ।आफ्नो मानिसलाई जे जस्तो किसिमको अपराध गरे पनि छुट र आफ्नो भनाइ नखानेलाई समाप्त गर्ने खालका कामहरु हुने गरेका छन ।
यो गलत छ एउटा नेता र कार्यकर्ता निर्माण गर्न कति कठिन हुन्छ । कठिनाइका साथ निर्माण गरेकोलाई एकै छिनमा सिद्दाउनु राम्रो हैन उसलाई सच्याउन , सुधारिन र पार्टीको लयमा ल्याउन पर्छ रु र सत्यतथ्य का आधारमा मात्रेै पार्टी कारवाहीको प्रकृया चलाउनु पर्छ र पार्टीलाई र नेतालाई सबल र सक्षम वनाउनका लागि आलोचना ,आत्मआलोचना लाई स्वच्छ र आफुले आफ्नो तर्फबाट गरेका गलत कार्यको स्वयम् स्वीकार गर्ने परिपाटीको बिकास गर्नु आवश्यक छ ।स्पष्टीकरणको नाममा पार्टीलाई सहि र गलतको छलफल गर्न खोज्ने नेताहरुमा स्पष्टीकरण जस्ता कुराहरु देखिएका सुनिएका छन ।
हामीले अगुवाइ गरेको ठाउँमा हाम्रो पार्टीको उदेश्य अनुसार निर्वाचनको वेला हामीले जनतासग गरेका प्रतिबद्धता अनुसारको हाम्रा कार्यक्रमहरु गरौ गरनौ हाम्रो व्यबहार जनअनुकुल छन छैनन ।भोट दिने जनता वा भोटरको भावनाको कदर गर्यौ गरेन्यौ खेैर हिजो नगरेको भए अब बाकी दिनहरुको योजना वनाउन जरुरी छ। नत्र हालैको उप निर्वाचनमा हामीले जितेका स्थानीय तहमा किन हार्यौ र शहरी क्षेत्रमा हाम्रो जनआधार किन कमजोर हुँदै छ रु यसको समीक्षा गर्ने कि नगर्ने रु यी सबै कुराको सुझ्मढङ्गले अध्ययन गरेर कसैको लहलहैमा लागेर हैन यथार्थको जगमा उभिएर हामीले हामीलाई आत्मै देखि समीक्षा गरेर जान सकेमा मात्रै लक्ष पूरा गर्न कुनै गार्हो हुने छैन । अहिले पनि नेपाली जनताको रोजाईको पार्टी एमाले हो नेता पनि एमाले कै हुन। यसमा सबैको एउटै आवाज रहनु पर्छ। कम्तिमा पनि यतिमात्रै गर्न सकेमा एमालेको आगामी तीन महिने अभियानले सार्थकता पाउने छ । यस किसिमले अगाडि बढेमा हामीलाई कसैले रोकेर पनि मिसन ८४ मा रोक्न सक्ने छैनन ।