अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न मिल्ने

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न मिल्ने

काठमाडौं । अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने प्रक्रिया अगाडि बढेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणको लागि प्रक्रिया थालिएको हो ।

बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना जारी गरेकाे छ ।

कार्यालयले‍ दर्ता भइसकेको कम्पनीहरूको विवरण अनलाइन प्रक्रियामार्फत् अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लागत, सेयर होल्डर सदस्य, उनीहरूको विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बर लगायतका विवरणहरू पेस गर्न कम्पनी रजिस्ट्रारले भनेको छ ।

अब कम्पनी दर्ता तथा खारेजका लागि कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

 

notice1686396341.png