काठमाडौं । हेटौँडा उपमहानगर क्षेत्रका विद्यालयमा थप दुई दिन बिदा दिइएको छ ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाले शनिबार दिउँसो एक सूचना प्रकाशित गरी गर्मी नघटेको कारण जनाउँदै थप दुई दिन बिदा दिएको हो ।
सरोकारवालासँगको छलफलपश्चात् उपमहानगरले जेठ २८ र २९ गते बिदा दिने निर्णय गरेको हो ।
बिदाको भोलिपल्ट अर्थात् जेठ ३० गतेदेखि बिहानी कक्षा सञ्चालन गर्नसमेत विद्यालयलाई अनुरोध गरिएको छ ।
बिदाको समयमा बालबालिकालाई घरमै सुरक्षित तवरले राख्न पनि उपमहानगरले अनुरोध गरेको छ ।



























