काठमाडौं । सहसचिव प्रदीप परियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले पत्र काटेका छन् ।
सहसचिव परियार शहरी विकास मन्त्रालयका हाकिम हुन । मन्त्रालयमातहतमा शहरी विकास तथा भवन निर्माण र स्थानीय पूर्वाधार छन् ।
मन्त्री क्वार्टरको रेखदेखदेखि संसद् भवन, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवाससहित नौ वटा निकायलगायत २१ वटा आयोजना शहरी मन्त्रालयले नै हेर्दछ । तर यही विकासे अड्डाको हविगतचाहिँ भद्रगोल भएको छ ।
सीता गुरुङले सम्हालेको शहरी विकास मन्त्रालयको बजेट गत आर्थिक वर्षभन्दा ३० अर्बले बढी रहेको छ । अहिले उक्त मन्त्रालयको बजेट ६६ अर्ब १७ करोड रुपैयाँ पुर्याइएको छ ।
मन्त्रालय र मातहतका निकायमा संयोजक भई कहाँ, कति कर्मचारी चाहिन्छ त्यसको संगठन तथा व्यवस्थापनको काम गर्नुको सट्टा कहाँ कसलाई पठाउँदा ठिक हुन्छ त्यसमा मात्र ध्यान दिने गरेको र मन्त्री सीता गुरुङको स्वकीयसँग नजिक भई सरुवामा आर्थिक लाभ उठाउँदै आएको भन्दै अख्तियारले पत्र पठाइएको छ ।
जिम्मेवारी सम्हालेको वर्ष दिनमै एकपछि अर्का अनियमिततामा मुछिएपछि छानबिनका लागि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्र पठाएको हो ।
हेर्नुहोस् सह सचिव परियारमाथि अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रद्वारा काटिएको पत्र :