हिज्जेमा एकरूपता ल्याउन स्थानीय तहको अङ्ग्रेजी नाम राजपत्रमा प्रकाशित हुने

हिज्जेमा एकरूपता ल्याउन स्थानीय तहको अङ्ग्रेजी नाम राजपत्रमा प्रकाशित हुने

काठमाडौं । हिज्जेमा  एकरूपता कायम गर्न स्थानीय तहको अङ्ग्रेजी नाम राजपत्रमा प्रकाशित हुने भएको छ । स्थानीय तहको अङ्ग्रेजी नाम लेख्दा नागरिकता र राहदानी प्रमाणपत्रलगायत सरकारी कागजातहरूमा फरक हिज्जे हुन गई सर्वसाधारणहरूले बारम्बार समस्या झेल्नु परेपछि राजपत्रमा नै नाम प्रकाशित गरेर एकरूपता कायम गरिने भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सात सय ५३ वटै स्थानीय तहको सूची प्रकाशित गर्दै नाम फरक भए सात दिन भित्र प्रमाणित गरी पठाउन आग्रह गरेको छ । नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न सार्वजनिक निकायले स्थानीय तहको अङ्ग्रेजी नाम लेख्दा नागरिकता प्रमाण पत्र तथा राहदानी प्रमाणपत्र लगायतका सरकारी कागजातहरूमा फरक हिज्जे हुन गई नागरिकहरूले बारम्बार समस्या झेल्नु परिरहेको छ । 

त्यस्तो समस्या समाधान गर्न स्थानीय तहको अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न राजपत्रमा प्रकाशन गरिने भएकोले संलग्न स्थानीय तहको अङ्ग्रेजी नाम फरक भए ७ दिनभित्रमा यस मन्त्रालयको इमेल ठेगाना federal.affairs1@gmail.com मा प्रमाणित गरी पठाई दिन हुन मन्त्रालयले भनेको छ ।

हेर्नूहोस् सूचनाः