आज प्रतिनिधि सभामा अर्थमन्त्रीले जवाफ दिने

आज प्रतिनिधि सभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । 

आज बिहान ११ बजेबाट सुरु हुने  बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल हुनेछ । 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभा बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । 

बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरिने छ ।

आजकै बैठकमा अर्थमन्त्री डा. महतले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्नेछन् ।