काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् ।
शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै संगठनको उपाध्यक्षमा तीर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन निर्वाचित भएका छन् ।
त्यस्तै उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।
उक्त संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।



























