बिक्रम लामाको पेनाल्टी गोलले टर्‍यो थ्रिस्टारको रेलिगेशन, एपीएफ रेलिगेशनमा

बिक्रम लामाको पेनाल्टी गोलले टर्‍यो थ्रिस्टारको रेलिगेशन, एपीएफ रेलिगेशनमा

काठमाडौं । विभागीय क्लब एपीएफ ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

शनिबार भएको अन्तिम खेलमा ललितपुर डर्वी भिडन्तमा थ्रीस्टारले जावलाखेललाई १–० ले पराजित गर्दै अन्तिम खेलमा सम्भावित रेलिगेशन संकट टार्दा एपीएफ पुछारबाट दोस्रो स्थानमा झर्दै रेलिगेशनमा पुगेको हो ।

एपीएफ भने २०६२ सालपछि पहिलो पटक ‘बी’ डिभिजनमा घटुवा भयो । अधिकांश समय गोलरहित बराबरी भएको खेलमा थ्रीस्टारले ८१ औँ मिनेटमा गोल गर्दै टिमलाई तीन अङ्क निश्चित गरेको थियो ।

विक्रम लामालाई फल गरेपछि पाएको पेनाल्टीलाई विक्रमले नै सदुपयोग गर्दै थ्री स्टारको सम्भावित रेलिगेशन संकट टारेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिना पैसामा पनि सीमित दर्शक पुगेको खेलमा अन्तिम समयमा जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई फउल गरेपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो । जसलाई विक्रमले सम्भव बनाए ।

जितसँगै थ्रीस्टार रेलिगेसनबाट जोगिएको छ। उसको २६ खेलमा ३२ अंक भएको छ ।