सिनामङ्गलमा प्रहरीले चलायो गोली, एक जना घाइते 

सिनामङ्गलमा प्रहरीले चलायो गोली, एक जना घाइते 

काठमाडौं । लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले काठमाडौंस्थित सिनामंगलमा गोली चलाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा आइतबार विकास भगतमाथि गोली चलाएको हो ।

प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागुऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो । भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो ।

भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको ब्युरोका प्रमुख थपलियाले जानकारी दिए ।