प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध दायर भएको रिट सर्वोच्चमा दर्ता

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध दायर भएको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । माओवादीका पूर्वलडाकु लेनिन विष्टले सर्वोच्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट आइतबार दर्ता भएको छ । 

विष्टले आफूलाई बालसैनिकको रूपमा दुरुपयोग गरेको गरेको भन्दै तत्कालीन सशस्त्र युद्धका नेताद्वय दाहाल र भट्टराईमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले यसअघि नै विष्टले दायर गरेको रिट दरपिठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार उक्त रिट दर्ता गर्न आदेश दिएको थियाे । सोही आदेशअनुसार आज रिट दर्ता गरिएकाे हाे ।

रिटमा विष्टले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरूलाई विपक्षी बनाएका छन् ।

उक्त रिट ०७९-WO-१३८८ नम्बरमा दर्ता भएको छ। रिटको पेशी यही जेठ ३० गतेका लागि तोकिएको छ ।