जनकपुरधाम । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सजाय छुटको मागदाबीसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न बनेको कार्यविधिले सहजता प्रदान गर्ने बताएका छ ।
महान्यायाधिवक्ताको कार्यालय काठमाडौँले आज जनकपुरधाममा आयोजना गरेको अनुशिक्षण कार्यक्रममा सरकारले जारी गरेको ‘सजायमा छुटदिने मागदाबीसम्बन्धी निर्देशिका, २०८०’ ले सोसम्बन्धी कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा कार्यविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले सजाय छुटसम्बन्धी भएको व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित गर्न सरकारले कार्याविधि जारी गरेको स्पष्ट पारे । “यो निर्देशिका यसअघि कुनै व्यवस्था नभएका कारणले नयाँ काम गर्न बनाइएको होइन, भएकै कानुनलाई प्रभावकारी र सुव्यवस्थित कार्यान्वयनका लागि बनाइएको हो”, मुख्यन्यायाधिवक्ता डा पोखरलले भन्नुभयो, “यस व्यवस्थाले न्यायसम्पादनमा हुने ढिलासुस्ती हटाइ अनुसन्धानलाई तार्किक निष्कर्षमा पु¥याउनुका साथै मुद्दाको चाप घटाउने र अपराध अनुसन्धानको सही ठाउँमा पुग्न मद्दत हुनेमा हामी विश्वस्त छौँ ।”
सो अवसरमा मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले एक पटक मुद्दा लागेपछि जीवनभर अपराधी वा आरोपित भइरहने अवस्था अन्त्य गर्न निर्देशिकाले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
“जानीजानी वा अञ्जानमा कुनै गल्ती गरेको व्यक्ति सुध्रिएमा वा भविष्यमा सुध्रिने प्रतिबद्धता जनाएमा त्यो अवसर दिने कि नदिने रु यस्तो अवस्थामा व्यक्तिलाई एक पटक अवसर दिनुपर्छ”, ठाकुरले भने , “त्यसरी सजाय छुटदिने कार्यलाई व्यवस्थित बनाउन निर्देशिकाले महत्वपूर्ण काम गर्नेछ र अभियोयोजना सुधारमा सघाउन पुग्नेछ ।”
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले अभियोजन, अपराध अनुसन्धानलगायतका विषयमा न्याय सम्पादनसँग जोडिएका पक्षले निर्देशिकाबाट अधिकतम् लाभ लिनसक्नुपर्ने बताए । नेपाल बार एशोसिएशन जनकपुरधामका अध्यक्ष बलराम सुवेदीले कानुनले दिएको अधिकार प्रयोग गरी सजायको छुट उपभोग गर्न पाउनुपर्ने मान्यतालाई व्यवस्थित गर्न निर्देशिका आएको र अब त्यसको सही कार्यान्वयन हुनुपर्ने आवश्यकता औँल्याए ।
‘अभियोजनमा सुधार र व्यवसायिकता विकास’ भन्ने नारासहित आयोजित कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका सरकारी वकिल, सुरक्षा निकाय, बार एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।