काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को को राजीनामा माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठमा समय माग गरी बोल्दै सचेतक शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
'युद्ध अपराधजस्तो मुद्दा सर्वोच्च अदालतमा दर्ता गरिसकेपछि प्रधानमन्त्रीज्यू त्यो पदमा बसिरहन उचित हुँदैन। नैतिकताका आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’, उनले भने ।
सचेतक थापाले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने पनि बताए ।
माओवादीका पूर्वलडाकु लेनिन विष्टले सर्वोच्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट आइतबार दर्ता भएको छ ।
रिट दर्ता भएसँगै सचेतक शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
विष्टले आफूलाई बालसैनिकको रूपमा दुरुपयोग गरेको गरेको भन्दै तत्कालीन सशस्त्र युद्धका नेताद्वय दाहाल र भट्टराईमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।



























