काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप २० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले हिजो थप २० उपसचिवहरुको सरुवा गरेको हो ।
भूमिव्यवस्था मन्त्रालयमा कार्यरत तीन जना उपसचिवहरु खिमानन्द आचार्य,कृष्णप्रसाद भण्डारी र लक्ष्मीप्रसाद रेग्मीलाई क्रमश हनुमाननगरकंकालिनी नगरपालिका सप्तरी,मौलापुर नगरपालिका सप्तरी र सिरहा नगरपालिका सिरहामा पठाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना उपसचिवहरु क्रमश बुद्धिप्रसाद उपाध्यायलाई कविलासी नगरपालिका सर्लाही,लेखनाथ ज्ञवालीलाई बलरा नगरपालिका सर्लाही र घनश्याम न्यौपानेलाई क्षिरेश्वरनाथ नगरपालिका सर्लाहीमा खटाइएको छ ।
सरुवाको सूची अनुसार,१९ जना उपसचिवहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने झापास्थित दमक नगरपालिकामा कार्यरत डमरुप्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ । डमरुको ठाउँमा तारकेश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की पुगेका छन् ।
वन मन्त्रालयका वाशुदेव रेग्मी शम्भुनाथ नगरपालिका सप्तरीमा पठाइएको छ । यस्तै वनकै अर्को उपसचिव प्रमोद सिंखडालाई परोहा नगरपालिका,रौतहटमा खटाइएको छ ।
यस्तै सरुवाको सूची अनुसार निर्वाचन आयोगका उपसचिवद्धय ऋृषिराम भुसाललाई बलवा नगरपालिका महोत्तरी र श्रीधर पन्थीलाई हंसपुर नगरपालिका धनुषामा पठाइएको छ । यस्तै रक्षाका उपसचिव रामेश्वर पोखरेल कल्याणपु। नगरपालिका सिराहामा पुग्दा भौतिकका बैकुण्ठ उपाध्यायलाई माटिहानी नगरपालिकामा खटाइएको छ । सार्वजनिक खरिद कार्यालयका गोविन्द घिमिरे सवौला नगरपालिकामा पठाइँदा राष्ट्रिय योजना आयोगका कृष्ण व्याञ्जु बाग्मती नगरपालिका सर्लाही पुगेका छन् ।
यस अघि प्रमुख जिल्ला अधिकारी चलाइसकेका उपसचिव माधव ढकाल अध्यागमन कार्यालयबाट गरुडा नगरपालिका रौतहटमा पुर्याइएको छ । शिक्षाका उपसचिव तेज प्रकाश प्रसाइ राजदेवी नगरपालिका,पथरी शनिश्वरेबाट लक्ष्मी खरेललाई फुङलिङ नगरपालिका ताप्लेजुङमा पठाइँदा लक्ष्मी खरेलको ठाउँमा सामान्यबाट शशी राईलाई खटाइएको छ ।
सरुवाको सूची अनुसार २० उपसचिवहरूमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको हो । निमित्त चलाइरहेका अधिकृतहरूलाई मन्त्रालयमा तानिएको छ ।