काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ अधिकृतहरूको सरुवा गरेको छ ।
स्थानीय तहमा निमित्त चलाइरहेका १६ जना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तानिएका छन् ।
भूमि व्यवस्था मन्त्रालय र गृह मन्त्रालयबाट एक एक जना शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका छन् ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तानिएका अधिकृतहरूमा शम्भुनाथ नगरपालिकाबाट राजकुमार दास,हनुमान नगर कङकालिनीमा कार्यरत हरि मोहन सुतियार,कल्याणपुर नगरपालिकाबाट विष्णु रञ्जन बराल,सिरहा नगरपालिकामा कार्यरत दिलिपकुमार यादव,बाग्मती नगरपालिका विमल कुमार पोखरेल,कबिलासी नगरपालिकाबाट रामनारायण साह,बलराबाट उमेश महत्तो,मटिहानीबाट चन्द्रशेखर शर्मा,बलहा नगरपालिकाबाट प्रमोद कुमार ठाकुर, कृष्ण पौडेल भूमिमा तानिएका हुन ।
सुबोध कुमार ठाकुर हंसपुरबाट,क्षिरेश्वरनाथ नगरपालिकाबाट शिवेन्द्र कुमार मण्डल,माधवनारायण नगरपालिकाबाट देवनाथ यादव,परोहा नगरपालिकाबाट मो महफुज असहमत,गरुडा नगरपालिकाबाट हेमराज फुयाँल र राजदेवी नगरपालिकाबाट प्रलव कायस्थ भूमिमा तानिएका छन् ।
यस्तै सरुवाको सूची अनुसार,भूमि व्यवस्था मन्त्रालयका शाखा अधिकृत देवीलाल विक प्रमुख प्रशासकीय अधिकृतको रूपमा भूमे गाउँपालिका रुकुम (पूर्व) र गृहका अधिकृत ठाकुर प्रसाद अर्याल रम्भा गाउँपालिका पाल्पा पुगेका छन् ।