काठमाडौं । 'रेलको बाटो पुग्दैछ रे' बोलको गीत पछिल्लो समय सर्वाधिक चर्चामा आयो । जसले हुम्ला-जुम्ला लगायत समग्र पश्चिम नेपालको दुःखको कथा बोकेको छ । नूनको समस्या एउटा युगमा नेपाली समाजको सामान्य समस्या जस्तै थियो । अहिले पनि बेला-बेला चामल, नुनको कथाहरूले समाचारमा स्थान पाइरहेका हुन्छन् । गीतसंगीत, साहित्यमा यस विषयको उठान भइरहेका हुन्छन् ।
मुलुक विभिन्न राजनीतिक परिवर्तन हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि उक्त समस्या पूर्ण रूपमा समाधान हुन सकेका छैन । यसरी नून बोक्ने क्रममै सह-सचिव जयनारायण आचार्यको जीवन परिवर्तन भयो । निजामती शब्दसँग साक्षात्कार वा निजामती क्षेत्रमा उनको प्रवेश नून बोक्ने क्रममै भएको हो ।
मुलुक विभिन्न राजनीतिक परिवर्तन हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि उक्त समस्या पूर्ण रूपमा समाधान हुन सकेका छैन । यसरी नून बोक्ने क्रममै सह-सचिव जयनारायण आचार्यको जीवन परिवर्तन भयो । निजामती शब्दसँग साक्षात्कार वा निजामती क्षेत्रमा उनको प्रवेश नून बोक्ने क्रममै भएको हो ।
त्यतिबेला जुम्ला सदरमुकाम खलङ्गा आएर नून लिएर जानुपर्थ्यो । जलजला हुँदै पैदल हिँडेर खलङ्गा पुगी आवश्यकता अनुसार नून बोकेर घर फिर्नुपर्ने प्रत्येक जुम्लावासीको बाध्यता थियो ।
जयनारायण पनि नून लिनका खलङ्गा पुगेका थिए । घरबाट २१ कोष टाढा नून लिन हिँड्दा बाटोमा जीवनको दिशा नै परिवर्तन हुने केही सुनिन्छ भन्ने उनले सोचेका थिएनन् ।
खलङ्गाबाट नून लिएर हिँड्ने क्रममा जीवनको लय अन्यत्र मोडिएला भन्ने उनलाई लागेकै थिएन । घरसम्म नूनको भारी पुर्याउन उकाली-ओराली गर्दै लेक काट्दै यात्रा गर्नुपर्थ्यो । उकालोमा नून जति बोक्यो त्यति भारी हुँदै जान्छ । ओरालोमा खुट्टाहरू काप्छन् । ३ हजार भन्दा माथिको उँचाइ छिचोल्दै यात्रा गरेपछि घरसम्म नून पुग्थ्यो ।
ती दुई व्यक्तिबिच लोकसेवा आयोगको कुराकानी भइरहेको थियो । उनीहरूको कुरा जयनारायणको कानमा परिरहेका थिए । 'लोकसेवासँग आबद्ध परिवार थियो सायद' उनी अहिले अड्कल काट्छन् । उनीहरू लोकसेवाको परीक्षा र विभिन्न विषयमा गफ गर्दै थिए । उनीहरूको गफबाटै लोकसेवा खुल्छ भन्ने जयनारायणले थाह पाए ।
त्यो बाटोबाट त्यसअघि पनि नून बोकेर वा नबोकी उनी हिँडिरहेका थिए । तर यतिबेला भने उनको यात्रामा केही फरक हुँदै थियो । नुन बोकेर जाने क्रममा बाटोमा दुई जना कर्मचारी देखिए । 'उनीहरू सिबेट भन्ने प्रोजेक्टमा काम गरिरहेका थिए' जयनारायण अनुमान लगाउँछन् । सिबेटले सरसफाइमा सहयोग गर्थ्यो । जलजला भन्ने लेक नजिक भेटिएका ती कर्मचारी जयनारायण भन्दा अघि हिँडिरहेका थिए । उनी नूनको भारी बोकेर आफ्नो यात्रामा मग्न थिए ।
ती दुई व्यक्तिबिच लोकसेवा आयोगको कुराकानी भइरहेको थियो । उनीहरूको कुरा जयनारायणको कानमा परिरहेका थिए । 'लोकसेवासँग आबद्ध परिवार थियो सायद' उनी अहिले अड्कल काट्छन् । उनीहरू लोकसेवाको परीक्षा र विभिन्न विषयमा गफ गर्दै थिए । उनीहरूको गफबाटै लोकसेवा खुल्छ भन्ने जयनारायणले थाह पाए ।
यसरी लोकसेवा भन्ने शब्दसँग उनको साक्षात्कार भयो । वा भनौँ उनको मस्तिष्कमा लोकसेवा शब्दले स्थान पायो । उनी भन्छन् 'म झल्याँस्स भएँ, के रहेछ यो लोकसेवा भन्ने भयो ।' लोकसेवाका ती कुरा उनको मनमा यसरी खेलिरहे कि यसको परीक्षा दिने निर्णयसम्म उनी पुगे ।
अफिसरको परीक्षा दिन स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान थियो । उनी स्नातकको परीक्षा दिएर घर पुगेका थिए । यी सबै कुराले उनलाई लोकसेवामा लाग्न संकेत दिइरहेका थिए । प्रविधिको विकास नभइसकेकाले लोकसेवाबारे बृहत् रूपमा बुझ्ने उपाय त्यो समयमा थिएन । लोकसेवाको हुटहुटी चलिरहेकै बेला स्नातक परीक्षाको नतिजा आयो र उनी पास पनि भए ।
वि.सं. २०५८ मा सानो ठिमी क्याम्पसबाट स्नातकको पढाई सकेर उनी गाउँमै फर्किएर विराट बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका थिए । काठमाडौं आएर फर्किसक्दा पनि उनलाई लोकसेवाप्रति त्यति धेरै थाह थिएन । बीएड पढुन्जेल उनले भविष्यमा लोकसेवा पढ्छु वा यो क्षेत्रमा लाग्छु भन्ने कुनै संकेत भेटेका थिएनन् ।
उनी बस्ने फ्ल्याटदेखी माथि एकजना नायव सुब्बा लोकसेवाको बृहत् तयारी गरिरहेका थिए । लोकसेवाप्रति चासो बढिरहेकाले यसबारेमा थाह पाएको उनी बताउँछन् । त्यो समयको दृश्य सम्झिँदै उनी भन्छन् 'उहाँ त वरिपरि किताब राखेर बिचमा बसिरहनु भएको रहेछ ।' लोकसेवाको यस्तो तयारी पहिलो पटक देखेर उनी चकित भए । किनभने उनीसँग त्यत्तिको स्रोत उपलब्ध थिएन ।
सबैभन्दा नजिक देखेको पेसा नै शिक्षक रहेको उनी बताउँछन् । गाउँको सन्दर्भमा ठुलो मान्छे हुन शिक्षक नै हुनुपर्छ भन्ने बुझाई थियो । उनले पनि शिक्षक बन्ने लक्ष्य राखेरै बीएड गरेका हुन् । यसैबीच नुनको समस्याले उनको जीवनको दिशा नै बदलिदियो ।
स्नातकको नतिजापछि लोकसेवाको परीक्षा दिने मनसायले उनी घरबाट निस्किए । त्यतिबेला प्रारम्भिक परीक्षा (इन्ट्रान्स एक्जाम) हुन्थ्यो, जसमा पास भएपछि दुई वर्षसम्म बाँकी परीक्षा दिन योग्य मानिन्थ्यो । अहिले भने पहिलो पत्रबाटै अंक जोड्दै लगिन्छ ।
२०५९ मा भर्खरै नयाँ पाठ्यक्रम लागु भएको थियो । मौका, संयोग वा भाग्य भनौँ उनी परीक्षाको लागि घर छोडेर हिँडेको समयमा प्रारम्भिक परीक्षा खुलिरहेको थियो । उनलाई आफूभित्रको मान्छेले यसो गर्न संकेत दिएको उनी बताउँछन् । उनी भन्छन् 'मेरो ब्रह्मले हिँड् भन्यो र म हिँडे, मलाई प्रारम्भिक परीक्षा यानिकी लोकसेवाको पहिलो ढोका खुलेको थाह थिएन ।'
उनका भाइ काठमाडौं ताहाचलमा बस्ने हुनाले उनी सरासर काठमाडौं जान्छु भन्ने सोच लिएर निस्किए । काठमाडौं आएपछि प्रारम्भिक परीक्षा खुलेको सुनेर उनी विस्तृतमा बुझ्न सम्बन्धित निकाय खोज्न थाले । र, तत्कालीन अवस्थामा कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय पुगे । कार्यालयमा पुगेर फारम भरेता पनि के पढ्ने भन्ने उनलाई थाह थिएन ।
परीक्षाको तयारी गर्न केही दिन मात्र बाँकी थियो । त्यसैले काठमाडौंका पुस्तक पसल चहार्न थाले । खोजीकै क्रममा पैरवी पुस्तकले २९/३० जना लेखक राखेर संयुक्त रूपमा प्रकाशित गरेको पुस्तक र अन्य पुस्तक उनको हात पर्यो ।
सामान्यतया प्रारम्भिक परीक्षामा गणितीय, निबन्ध, नेपाली, सामान्य ज्ञान आदि समेटिने गरेको उनी सुनाउँछन् । उनी भन्छन् 'पाठ्यक्रममा विविधता थियो ।' उनले लिएको शिक्षा र लोकसेवाको ढाँचा फरक थियो । खरिद गरिएका दुई पुस्तक बाहेक उनीसँग अन्य स्रोत भने थिएन ।
उनी बस्ने फ्ल्याटदेखी माथि एकजना नायव सुब्बा लोकसेवाको बृहत् तयारी गरिरहेका थिए । लोकसेवाप्रति चासो बढिरहेकाले यसबारेमा थाह पाएको उनी बताउँछन् । त्यो समयको दृश्य सम्झिँदै उनी भन्छन् 'उहाँ त वरिपरि किताब राखेर बिचमा बसिरहनु भएको रहेछ ।' लोकसेवाको यस्तो तयारी पहिलो पटक देखेर उनी चकित भए । किनभने उनीसँग त्यत्तिको स्रोत उपलब्ध थिएन ।
त्यो समयमा पास हुनेहरूको नामावली गोरखापत्रमा छापिन्थ्यो । तर, उनको गाउँसम्म गोरखापत्र जाँदैनथ्यो । नतिजा थाह पाउन कोहलपुर पुग्नुपर्थ्यो । परीक्षा दिइसकेपछि नतिजाबारे जानौं न भन्ने लागेर कोहलपुर पुगेको उनी सुनाउँछन् । कोहलपुर पुगेर गोरखापत्रबाट आफू पास भएको थाह पाएको उनी बताउँछन् ।
मानिसहरू असाध्यै तयारी गर्थे तर उनले सामान्य तयारी मात्र गरेका थिए । अहिले जस्तो सजिलो स्रोत त्यतिबेला भेटिँदैन थियो । इन्टरनेटको सुविधा थिएन । त्रिविमा पढ्ने विद्यार्थीलाई पाठ्यक्रम बाहेकका कुरामा त्यति जानकारी पनि हुँदैन थ्यो । त्यसबेला आफू अन्धमधुन्धमै रहेको उनी बताउँछन् ।
ती व्यक्तिको मिहिनेत देखेर मिहिनेत चाहिने रहेछ भन्ने भयो तर आफूमा विश्वास भएका कारण उनलाई पास गर्छु भन्ने लागेको थियो । 'सबैभन्दा बलियो र सशक्त हतियार आफू बाहेक केही होइन जस्तो लाग्छ', उनी भन्छन् 'धेरै मिहिनेत गरेर पनि ती मान्छे कुनै परीक्षामा पास भएनन् । कम स्रोतका बाबजुद म पास भएँ ।'
पास गर्ने/नगर्ने लगायतका यावत कुराहरू समेत सोचेका थिएनन् उनले । बस् मनले डोर्याएको बाटोमा उनी निस्किएका थिए । 'मलाई प्राप्ति नै हुनुपर्छ भन्ने थिएन । पाए के हुन्छ, गुम्दा के हुन्छ भन्ने थाह थिएन', उनी भन्छन् 'अहिले साथीहरू माथिल्लो तहमा पुग्दैगर्दा भने प्रेसर हुन्छ । साथीहरू उपसचिव, सहसचिव हुँदा आफू पनि हुनुपर्छ भन्ने लाग्छ र प्रेसर महसुस हुन्छ ।'
कुनै कुराप्रति असाध्यै प्रेम गरियो भने गाह्रो हुन्छ । त्यसैले सामान्य अवस्थामा उनले अन्तर्वार्ता दिए र पास पनि भए ।
दुई पुस्तकको भरमा उनले परीक्षा दिए र मनमा कुनै आशा नलिइकन गाउँ फर्किए । प्रारम्भिक परीक्षा ०५९ साउन-भदौतिर दिएको उनी सम्झिन्छन् । समभावमा परीक्षा दिएको बताउँदै उनी भन्छन् 'मैले परीक्षासँग कुनै अपनत्व महसुस गरेको थिइन् । हुटहुटी नै थिएन । गाउँ फर्किएर नतिजा पर्खिने, उत्सुकता लाग्ने, छटपटी हुने पनि भएन ।'
उनले घरमा खबर समेत गरेका थिएनन् । कोहलपुर आएर आफू पास भएको थाह पाएपछि मात्र उनले घरमा खबर गरेका हुन् । सबैकुरा साधारण रूपमै भएको उनी बताउँछन् । भन्छन्, 'नियमित कर्म मात्र गरे जस्तो लागेको थियो ।'
छोरा भेट्न आएका बुवाको लुगा थोरै लामो थियो तर लगाउनैपर्ने उनको बाध्यता थियो । बुवाको लुगा र टोपीमा सजिएर उनी अन्तर्वार्ता दिन गए । अन्तर्वार्तामा मान्छे आत्तिनुपर्ने जस्तो केही नहुने उनी सुनाउँछन् । उनी भन्छन् 'आफू जति सहज भयो वातावरण पनि त्यतिकै सहज हुन्छ ।'
त्यो समयमा पास हुनेहरूको नामावली गोरखापत्रमा छापिन्थ्यो । तर, उनको गाउँसम्म गोरखापत्र जाँदैनथ्यो । नतिजा थाह पाउन कोहलपुर पुग्नुपर्थ्यो । परीक्षा दिइसकेपछि नतिजाबारे जानौं न भन्ने लागेर कोहलपुर पुगेको उनी सुनाउँछन् । कोहलपुर पुगेर गोरखापत्रबाट आफू पास भएको थाह पाएको उनी बताउँछन् ।
प्रारम्भिकमा पास भइसकेपछि बाँकी परीक्षाका लागि उनी काठमाडौं आए र त्रिविमा (एजुकेसनमा) स्नातकोत्तरमा भर्ना पनि भए । यसैबीच तयारीका लागि उनी भाइहरूसँग टियुको होस्टलमा सरे र त्यहीँबाट उनले परीक्षा दिए । स्नातकोत्तर गर्दागर्दै दिएको लिखित परीक्षामा पास उनी भए । यसमा व्यावहारिक ज्ञान र आफू विद्यार्थी भएकाले मदत पुगेको उनी सुनाउँछन् । उनी भन्छन् 'भर्खरै ब्याचलर सकेर बसेको हुँदा मेरो ज्ञान ताजा थियो । यसले परीक्षामा मदत पनि पुग्यो । गणित तथा अङ्ग्रेजी आदि कुराहरू पाठ्यक्रमबाटै बेस बनेको हुनाले सजिलो भयो ।'
अब अन्तिम परीक्षाको तयारी गर्नुपर्ने थियो । सँगसँगै स्नातकोत्तरको पनि तयारी गर्नु थियो । अन्तिम परीक्षामा उनी पास भए र अन्तर्वार्ताको दिन पनि आयो । ०५९ को असोजमा दिएको परीक्षा माघ १ गते अन्तर्वार्ता सहितको अन्तिम नतिजा आएको उनी सम्झिन्छन् ।
माघकै अन्तिमतिर अन्तर्वार्ता हुने भयो । अन्तर्वार्ता दिन कोट-टाई आदि चिटिक्क परेका लुगा लगाएर जानुपर्ने थियो । तर उनीसँग त्यस्ता लुगा थिएनन् । संयोग नै भन्नुपर्छ उनको बुवा काम विशेषले काठमाडौं आएका थिए र, उनले बुवाको कोटले काम चलाउन पाए ।
छोरा भेट्न आएका बुवाको लुगा थोरै लामो थियो तर लगाउनैपर्ने उनको बाध्यता थियो । बुवाको लुगा र टोपीमा सजिएर उनी अन्तर्वार्ता दिन गए । अन्तर्वार्तामा मान्छे आत्तिनुपर्ने जस्तो केही नहुने उनी सुनाउँछन् । उनी भन्छन् 'आफू जति सहज भयो वातावरण पनि त्यतिकै सहज हुन्छ ।'
फागुन १ गते अन्तर्वार्ताको सकारात्मक नतिजा आयो । उनी त्यतिबेलासम्म टियुमै बसिरहेका थिए र नतिजा आएको थाह पाएका थिएनन् । कसैले कटिङ गरेर राखेको गोरखापत्रको टुक्राबाट आफ्नो नाम निस्किएको थाह पाएको उनी सम्झिन्छन् ।
नाम निस्किएपछि टियुको होस्टेलबाटै उनी तालिमका लागि स्टाफ कलेज जावलाखेलमा पुग्न थाले । प्रशासनअन्तर्गत दिइएको परीक्षामा नाम निस्किएपछि ३ महिने तालिम लिन उनी र उनको साथीको समूह कीर्तिपुरबाट हिँडेरै जावलाखेलसम्म पुग्थे ।
स्टाफ कलेजमा भएको तालिममा केही सैद्धान्तिक तथा व्यवहारिक पक्षहरू बारे बुझाइएको थियो । ८० जना सहभागी रहेको उक्त तालिमबाट एकअर्कामा ज्ञानको आदानप्रदान पनि भएकाले फरक किसिमको सिकाइ भएको उनी बताउँछन् । तालिम सक्दा-नसक्दै उनले स्नातकोत्तरको अध्ययन समेत सकिसकेका थिए र थेसिस लेख्ने प्रक्रियामा थिए ।
जुम्लाको जुन ठाउँमा उनी जन्मिए-हुर्किए त्यहाँको ग्रामीण परिवेश/भूगोल नै आफ्नो जीवन रहेको उनी बताउँछन् । समाजमा धनी र गरिबबिचको खाडल ठुलो नरहेको उनी सुनाउँछन् । 'त्यहाँको जनजीवन, जीविकाका सवालहरू, उत्पादनका साधनहरू र जीवन पद्धति समान रहेको थियो/छ', उनी भन्छन् 'अहिले पनि विकासका आवश्यकताका कुरा यथावत् छन् ।'
उनको पहिलो नियुक्ति जिल्ला प्रशासन कार्यालय रामेछापमा सहायक सिडिओको रूपमा भयो । २०६० असार २५ गते नियुक्ति लिएर उनी साउनको पहिलो हप्ता जिप्रका रामेछाप पुगेका हुन् । यसरी नूनको भारी बोक्ने क्रममा लोकसेवाको बारेमा थाह पाएका जयनारायणको निजामती यात्रा सुरु भयो ।
जुम्ला, सिञ्जा (अहिले कनका सुन्दरी गाउँपालिका वडा नम्बर ६)का जय नारायण कनका सुन्दरी माविबाट एसएलसी दिएर सहर प्रवेश गरेका हुन् । बाँके र काठमाडौंका विभिन्न शैक्षिक संस्थाबाट उनले अध्ययनको सिलसिलालाई अघि बढाए । दक्षिण कोरियाबाट मास्टर इन् पब्लिक एड्मिन्सट्रेसन् गरेका उनी पिएचडीका विद्यार्थी समेत हुन् ।
जुम्लाको जुन ठाउँमा उनी जन्मिए-हुर्किए त्यहाँको ग्रामीण परिवेश/भूगोल नै आफ्नो जीवन रहेको उनी बताउँछन् । समाजमा धनी र गरिबबिचको खाडल ठुलो नरहेको उनी सुनाउँछन् । 'त्यहाँको जनजीवन, जीविकाका सवालहरू, उत्पादनका साधनहरू र जीवन पद्धति समान रहेको थियो/छ', उनी भन्छन् 'अहिले पनि विकासका आवश्यकताका कुरा यथावत् छन् ।'
उनको परिवार कृषिमा निर्भर थियो । जीविकोपार्जनको आधार कृषि नै रहेको उनी बताउँछन् । लोकसेवाको परीक्षा दिँदासम्म उनी कृषि कर्ममै व्यस्त थिए । माटोसँग नजिक रहेका उनी भन्छन्, 'चैत १२ गते बिउ राखिन्छ, जेठमा धान रोपिन्छ । धान रोपेको केही समयपछि त्यसलाई गोड्ने काम गरिन्छ । त्यसपछि धान काट्ने र पुनः जौ लगाउने गरिन्छ । यसरी कृषि जीवनको प्रक्रिया चलिरहन्छ ।'
जुम्लाको मान्छे पहिलो नियुक्ति लिएर जाँदा फरक भौगोलिक र सामाजिक परिवेश भएको रामेछाप जाँदा आफूभन्दा सिनियर र जुनियरबाट सिक्ने सहज वातावरण सिर्जना भएको उनी सुनाउँछन् । 'कानूनमा भएका विषय र व्यावहारिक पक्षलाई पनि विचार गरेर कार्यसम्पादन गर्नुपर्ने हुन्छ', उनी भन्छन् 'विशेषगरी आफूभन्दा जुनियर कर्मचारीबाट उक्त क्षेत्रसँग सम्बन्धित बुझाइमा परिवर्तन आयो ।'
लामो समयको अनुभव भएका परिपक्व साथीहरूको स्कुलिङबाट आफूले धेरै कुरा सिकेको र उनीहरूको संगतले जिल्ला प्रशासन कार्यालय तथा सार्वजनिक प्रशासनको विषयमा अझ नजिकबाट बुझ्ने मौका मिलेको बताउँछन् ।
डेढ वर्ष रामेछापमा काम गरेका उनलाई अहिले पनि त्यस ठाउँको असाध्यै माया लाग्ने गर्छ । रामेछापको सेवापछि उनको सरुवा अछाम, कालिकोट, जिरी हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुग्यो । ०६६ देखी ०७० सम्म उनी प्रधानमन्त्री कार्यालयमा बसे । अफिसर भएर २ वर्ष र उपसचिव भएर २ वर्ष उनले कार्यालयमा बिताए ।
यसैबीच उनी २ वर्ष कोरिया अध्ययनका लागि समेत गए । सरकारको छात्रवृत्तिबाटै उनी पढ्न गएका हुन् । उनले कोइकाबाट पढ्ने अवसर पाएका थिए । यसका लागि नेपाल सरकारले नोमिनेशन गर्ने गर्छ । कोरिया पढ्न गएकै समयमा उनी खुलाबाट सहसचिव बने । आन्तरिकबाट ०६८ सालमा उपसचिव भएका उनी ०७१ सालमा सहसचिव सिफारिस भएको बताउँछन् ।
कोरियामा पढ्न जाने क्रममै उनले यी परीक्षा दिएका हुन् । उताबाट छुट्टी मिलाएर उनी परीक्षा दिनका निम्ति नेपाल आउँथे । केही समय कोरिया-परीक्षा-कोरिया-अन्तर्वाता जस्तै भयो । राष्ट्रिय योजना आयोग-पर्यटन मन्त्रालय-संघीय मामिला मन्त्रालय (सुर्खेत)-राष्ट्रिय किताबखाना हुँदै ०७६ पछि उनी गृह मन्त्रालयमा प्रवेश गरेका हुन् ।
आफ्नो मोबाइल प्रयोग गरेर यसको बृहत् ज्ञान लिन सकिन्छ । अध्ययन अध्यापनको विषयमा विविधता राख्यो भने सफल भइने उनको बुझाइ छ । यसका साथै निरन्तरता राख्न पनि जरुरी रहेको छ । उनी भन्छन् 'अहिलेको युग र पिँढीसँग प्रतिस्पर्धा राख्न सक्नुपर्छ ।'
अहिले उनी गृह मन्त्रालय छन् । आफ्नो कार्यावधिमा उनले ललितपुर, कास्की, सप्तरी, दाङमा सिडिओको कार्यभार सम्हालिसकेका छन् । जुम्लाका मान्छेसँग राज्यसँग पहुँच नरहेको उनी बताउँछन् । उनी भन्छन् 'अहिले पनि त्यो भूगोल राजनीतिक तथा आर्थिक रूपमा लाभान्वित भइसकेको छैन ।'
लोकसेवा जस्तो संस्था नभइदिएको भए आफू जस्ता मान्छेहरू कृषि या शिक्षण पेसामा बाध्यताबस् निर्भर हुने स्थिति रहेको उनी बताउँछन् । लोकसेवाको परीक्षा प्रणालीमा केही सुधारका पक्ष रहेता पनि यो स्वच्छ र इमान्दार रहेको उनी बताउँछन् ।
यसको निष्पक्षता, विश्वसनीयता कायम रहेकाले आफ्नो उपस्थिति निजामतीमा भएको उनी महसुस गर्छन् । लोकसेवाको तयारीका लागि सूचनामा पहुँच राख्नुपर्ने उनी सुझाउँछन् । विश्लेषण गर्नुपर्ने कुरा, सिद्धान्त, व्यावहारिक पाटो आदिबारे जान्नैपर्ने उनी बताउँछन् ।
आफ्नो मोबाइल प्रयोग गरेर यसको बृहत् ज्ञान लिन सकिन्छ । अध्ययन अध्यापनको विषयमा विविधता राख्यो भने सफल भइने उनको बुझाइ छ । यसका साथै निरन्तरता राख्न पनि जरुरी रहेको छ । उनी भन्छन् 'अहिलेको युग र पिँढीसँग प्रतिस्पर्धा राख्न सक्नुपर्छ ।'
यो मेरो पढाई अन्तर्गतकै एउटा पाटो हो भन्ने सोच्यो भने सफल भइने उनी बताउँछन् । लोकसेवाले व्यवहारिक, मौलिक, कार्यान्वयनयोग्य सुझाव दिन भन्छ । हामीले देखेका भुईँ मान्छेले पनि थाह पाउने समस्या र समाधान खोजिएको हुन्छ ।
उनका अनुसार कोठामा थुनिएर पढ्ने जमाना अब गएको छ । अहिलेको समयले प्रविधि र सूचनामा फड्को मारिसकेको छ । त्यहीअनुसार विद्यार्थी अपडेट हुन उनी सुझाव दिन्छन् ।
'लोकसेवाले सिद्धान्त मात्र खोजेको हुँदैन । पुस्तकमा मात्र निर्भर भएर हुँदैन', उनी भन्छन् 'जुम्लादेखी काठमाडौं आउँदासम्म बाटामा देखिएका सारा समस्या आफ्नो भएको महसुस गर्दै तिनको समाधानको कुरा सोच्न सकियो भने सफल भइन्छ ।' समाजकै अवधारणा अनुसार प्रश्नको उत्तर दिन सके राम्रो हुने उनी बताउँछन् ।
उनका अनुसार कोठामा थुनिएर पढ्ने जमाना अब गएको छ । अहिलेको समयले प्रविधि र सूचनामा फड्को मारिसकेको छ । त्यहीअनुसार विद्यार्थी अपडेट हुन उनी सुझाव दिन्छन् ।
'नपढी हुँदैन पढ्नुपर्छ तर व्यवहारिक ज्ञान राख्नुपर्छ । लोकसेवालाई मन्दिरको दर्जामा राख्दै', उनी भन्छन् 'लोकसेवा अहिले पनि भरोसा योग्य संस्था भएकाले यो भन्दा ठुलो मन्दिर रहेको छैन ।'