काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको ७ दिन भित्र निवेदन पेश गर्न सक्ने जनाएको छ ।
महानगरले वातावरण विज्ञ, फोहोर मैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको छ ।
मानवशास्त्री, समाजशास्त्री, पुरातत्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री र भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियरका लागि आवेदन आह्वान गरे छ ।
सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने महानगरले जनाएको छ ।