काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले आइतबार साउन २८ गतेका लागि मूल्यसूची सार्वजनिक गरेको हो ।
जसअनुसार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १३०, टनेल गोलभेँडा सानो ८५ रूपैयाँ रहेको छ ।
यस्तै, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५६, लौका ४०, हरियो फर्सी ७०, घिरौला ३० रूपैयाँ कायम रहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल २०, मूला सेतो ४०, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ४०, ब्रोकाउली ८०, कागती १३०, भिण्डी ५०, पिंडालू ५०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा ७०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।
त्यसैगरी, कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३०० , नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मालदह आँप २२०, लप्सी ६०, हरियो धनिया १००, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३५, छ्यापी सुकेको २३०, भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ।