प्युठान दुर्घटना अपडेट: आठै जनाको मृत्यु

प्युठान दुर्घटना अपडेट: आठै जनाको मृत्यु

काठमाडौं । स्वर्गद्वारी दर्शन गरेर फर्केिएको सवारी दुर्घटनामाआठै जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिंग्रीमा लु १ च ६३४५ नम्बर को निजी गाडी सोमबार अपरान्ह दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा लमही ५ का २ महिला, २ पुरुष र ४ बालबालिका रहेका जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।