काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बाराका दुई खरिदारविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि सोमबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
साह र कुशवाहाले जग्गा रजिष्ट्रेसनका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले दुबै जनालाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
१५ हजार बिगो कायम गरी साह र कुशवाहामाथि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।



























