काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार च्याउ,करेला,लौका,भटमास कोशा, सानो गोडभेँडा लगायतका हरियो तरकारीमा हिजोको तुलनामा मूल्य बढेको छ ।
सार्वजनिक मूल्य अनुसार हरियो तरकारीमा सोमबार १० देखि ५० रुपैयाँसम्म घटबढ भएको छ । आज डल्ले च्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँले बढेर आउँदा भन्टा,घिउ सिमि गाजर लगायतका हरियो तरकारीमा १० रुपैयाँ मूल्य घटेको छ । आज बजारमा तितो करेला,लौका,भटमास कोशा लगायतका तरकारीमा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ ।
आज बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ। लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा२२ रुपैयाँले बढेर ८२ रुपैयाँ प्रतिकेजी पुगको छ । सोहि गोडभेँडा हिजो प्रतिकेजी ६० रुपैयाँमा किनबेच भएको थियो ।
रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ कायम रहँदा भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । आज स्थानीय काउलिको मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ। च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ। तर,डल्ले च्याउमा भने प्रतिकेजी ५० रुपैयाँले बढेर आज ४०० पुगेको छ ।
गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ। आज गाजर प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ । घिउ सिमी लोकल ८०,भन्टा लाम्चो ५०,मकै बोडी ६०, भटमास कोशा १००रुपैयाँ तोकिएको छ ।
तितो करेला ५०, लौका ६०, परवल ६०,घिरौला ३०,फर्सी पाकेको ५०,काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै रहेको छ ।
कागती १२०, अनार प्रतिकेजी ३० रुपैयाँले घटेर आज३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ६०, मौसम १२०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।