महानगरले लगायो दर्ता नगरी चलेका दुई अस्पतालमा ताला

महानगरले लगायो दर्ता नगरी चलेका दुई अस्पतालमा ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पतालमा तालाबन्दी गरेको छ । 

दर्ता नगरी सञ्चालनमा रहेको काठमाडौं- ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा नम्बर ३२ काटेश्वरस्थित सहयात्री अस्पतालमा ताला लगाइएको महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

'स्वास्थ्य जस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराएका हौँ,' पौडेलले भने । दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन तालाबन्दी गरिएको उनको भनाइ छ ।

दुवै अस्पताल १५/१५ शय्याका हुन् । 

चाइनिज पिपुल्स अस्पतालमा अक्युपन्चर र पाइल्सको उपचारमा केन्द्रित थियो। विभागका प्रमुख पौडेलका अनुसार सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको थियो।

विभागले लक्षित वर्गलाई उपलब्ध गराउनु पर्ने सेवाको नियमित निगरानी र अनुगमन गरिरहेको छ।