काठमाडौं । बिहीबार ६ नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ । दुधकोशी नदी रवुवाबजारमा, सुनकोशी नदी हम्पचुवारमा, कर्णाली नदी असाराघाटमा, भेरी नदी समजिघाटमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।
बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तरै र सामान्य अवस्थामा छन् । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसापास छ । महाकाली नदीको जलसतह भने खतरा तह आसपास रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वनुमान छ।
जलसतह बढ्ने र आकस्मिक बहाव आउन सक्ने नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।