प्युठान दुर्घटनाका मृतकप्रति प्रधानमन्त्रीद्वारा समवेदना

प्युठान दुर्घटनाका मृतकप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्युठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् ।

'प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु', समवेदनामा उल्लेख छ ।