काठमाडौं । नेपाल सरकारका उपसचिव ओम रिजाल ग्रामीण जीवनयापनमा रमाउने, साहित्यमा रुचि राख्ने र कलम चलाउने व्यक्ति हुन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुग्दा रिजाल टेबलमाथि केही पुस्तक राखेर अध्ययन गरिरहेका थिए ।
लोक साहित्य लगायतका विभिन्न साहित्यिक विधा, इतिहास आदिका पुस्तक पढ्ने, त्यसको बारेमा खोज्न रुचि राख्ने रिजालको पुस्तक 'हटारु' नेपाली साहित्यका पाठकहरूमाझ निकै लोकप्रिय छ । अहिले पनि उनी गाउँ जाँदा वृद्ध वृद्धासँग बसेर त्यहाँको संस्कृति, इतिहास, लोक साहित्यको संकलन गर्ने गर्छन् ।
रिजालसँगको भेटमा उनले जीवनका विभिन्न आयाम, किस्साहरू सुनाए । लोक साहित्य, राजनीति र कर्मचारीतन्त्रका विभिन्न विषयका अनुभव र अनुभूति प्रस्तुत गरे ।
विद्यालय छेक्ने काला पहाड
दैलेखको तत्कालीन रावतकोट गाउँ पञ्चायतको हुँमेगाउँमा जन्मिएका उनी परिवारका माइला सन्तान हुन् । हुँमेगाउँलाई हुमागाईँहरूको आदिभूमिको रूपमा समेत चिन्ने गरिन्छ । सामान्य तर ठुलो पारिवारिक माहौलमा उनको बाल्यकाल व्यतीत भयो । ९ जना दाजुभाइ दिदीबहिनीसँग एउटै आँगनमा खेल्दै उनी हुर्किए ।
त्यो समयमा अधिकांश बालिकाको १२/१३ वर्षमै विवाह हुने गर्थ्यो । बालकहरू पनि १४/१५ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिइसक्थे । समाजमा शिक्षालाई उति महत्त्व नदिइएता पनि उनको घरमा भने विद्यालय जानुपर्छ, पढ्नुपर्छ भन्ने वातावरण थियो ।
पाँच वर्षको उमेरमा गाउँकै पञ्चदेवल निम्न माध्यमिक विद्यालयबाट ओमले आफ्नो अध्ययनलाई अघि बढाएका हुन् । पञ्चदेवलबाट अक्षरारम्भ गरेका रिजाल त्यो समयमा केटाहरूलाई विद्यालय पठाएता पनि छोरीहरू कमै मात्रामा पढ्न जाने गरेको सम्झिन्छन् । उनी सात कक्षामा पढ्ने बेलामा उनको कक्षामा जम्मा २ जना केटीहरू थिए ।
त्यो समयमा अधिकांश बालिकाको १२/१३ वर्षमै विवाह हुने गर्थ्यो । बालकहरू पनि १४/१५ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिइसक्थे । अहिले गाउँ जाँदा विद्यालयमा छात्राहरूको संख्या बढेको उनी पाउँछन् । समाजमा शिक्षालाई उति महत्त्व नदिइएता पनि उनको घरमा भने विद्यालय जानुपर्छ, पढ्नुपर्छ भन्ने वातावरण थियो ।
विद्यालयमा शिशु कक्षा थिएन । बाह्रखरी जानेपछि पुस्तक दिने चलन थियो । दैलेखमा प्रशस्त पुस्तक उपलब्ध थिएनन् । एउटै पुस्तक साथीसँग मिलेर बाँडेर पढ्नुपर्ने अवस्था थियो । वा पुराना पुस्तक मागेर अध्ययन गर्नुपर्ने हुन्थ्यो ।
आफूभन्दा ३ कक्षा अगाडी पढ्ने दाइसँग उनी विद्यालय जान्थे । विद्यालय गएको पहिलो वर्ष कक्षा १ मा उनी अनुत्तीर्ण भए । अनुत्तीर्ण भएपछि पुनः दोहोर्याएर पढ्नुपर्ने भयो । त्यसपछि उनले विद्यालय नजाने ढिपी गर्न थाले । मलाई दुई कक्षामा नपढाउने हो भने म विद्यालयमा जान्न भन्दै जिद्दी गर्न थालेपछि उनका बुवाले दुई कक्षामा राखिदिने तर पढ्नुपर्ने सर्त राखेर भर्ना गरिदिए ।
दुई कक्षामा गएपछि सम्भवतः आफू स्कुल फर्स्ट नै भएको जस्तो ओमलाई लाग्छ । त्यसपछि उनले कक्षा ३ नपढी सिधै ४ कक्षामा भर्ना भए ।
विद्यालयको जीवनकालमा केही सम्झिनुपर्ने घटना तथा दृश्यहरू रहेको उनी बताउँछन् । तिनै दृश्यमध्ये विद्यालय नजिक रहेको गुंटे थापा पसल पनि एक हो । जहाँ प्रायः गुरुहरू जाने गर्थे । उनी भन्छन्, 'हाफ टाइमपछि कतिपय गुरु भेटिँदैन थिए ।'
विद्यार्थीहरू पनि घरमा काम भएको बेला विद्यालय आउँदैन थेँ । आर्थिक अवस्थाले पनि त्यस्तो भएको हुनसक्ने उनी अड्कल काट्छन् । त्यति बेला गाउँमा खानका लागि निकै समस्या हुने गरेको उनी सम्झिन्छन् । उनी भन्छन् 'गाउँको उत्पादनले घरमा खान ५/६ महिना पनि पुग्न गाह्रो थियो ।'
त्यसैले होला १० वर्ष नाघेपछि धेरै जना भारत जाने गर्थे । काला पहाडतिर रोजगारीका लागि मानिसहरू जाने परम्परा थियो । विद्यालयको प्रवेशद्वारलाई काला पहाडले छेक्थ्यो । त्यही भएर कक्षा जति माथि बढ्दै गयो त्यति विद्यार्थी कम हुँदै जान्थे । यद्यपि ओमले भने विद्यालय छोडेनन् ।
कक्षा १ मा अनुत्तीर्ण भइसकेपछि आफूलाई कसैले पढ भन्नु नपरेको उनी बताउँछन् । दुई कक्षाबाट अहिलेसम्म उनलाई पढ्न भन्नु परेको छैन । उनलाई हृदयदेखि नै पढ्नुपर्छ भन्ने लाग्छ । अहिले पनि उनलाई पढ्नुपर्छ भन्ने लागिरहन्छ ।
यो स्टोरीका लागि ओमसँग भेट्न जाँदा पनि उनी पढिरहेकै थिए । कार्यालयको टेबलमा पुस्तक राखेर फुर्सद भएको समयमा पुस्तक पढ्नतिर लाग्छन् ।
आमाको आशिषः शिक्षा
ओमका बुवा ग्रामीण स्वास्थ्य कार्यकर्ता थिए । त्यसैले बुवालाई गाउँमा सबैले डाक्टर बाजे भन्ने गरेको उनी सुनाउँछन् । घरको अर्थतन्त्र बुवाको त्यही पेसा र कृषिले धानेको थियो । रिजाल परिवारको ९ जना दाजुभाइ दिदीबहिनीमध्ये ८ जना सरकारी जागिरे छन् । घरमा कूल १३ जना नेपाल सरकारको जागिरे रहेको उनले बताए । यद्यपि उनकी आमा अहिले पनि खेतीपाती गर्ने गर्छिन् । उनको गाउँको घरमा अहिले पनि गाईबस्तु बाँधिएको देख्न सकिन्छ । यसरी कृषिलाई मुख्य पेसा बनाएको भएता पनि अभिभावकले सधैँ पढ्ने कुरामा जोड दिन्थे । उनी भन्छन् 'उहाँहरूले गोठालो जान कहिल्यै भन्नुभएन ।'
अहिलेको जस्तो मोटर बाटो नभएका कारण उकालो ओरालो गर्दै उनी विद्यालयसम्म पुग्थे । त्यसको लागि पनि उनकी आमाले बिहानैदेखि तयारी थाल्थिन् । खाजाको समेत बन्दोबस्त गरेर उनी सन्तानलाई बिहानै विद्यालय पठाउँथिन् ।
आफ्नो नाम लेख्न नजाने तापनि आमाले शिक्षाको आवश्यकता बुझेको उनी बताउँछन् । बुवा कामको सिलसिलामा अन्यत्र हुँदा आमाले नै घर व्यवहारको काम सम्हाल्थिन् । आफूले अक्षर नचिनेता पनि विद्यालय जानुपर्छ भन्ने चेतना उनमा थियो । उनी भन्छन्, 'त्यसैले बिहान उठेर सन्तानलाई खाना खुवाएर विद्यालय पठाउने गर्नुहुन्थ्यो ।'
उनले कक्षा ७ सम्म गाउँकै पन्चदेवलमा अध्ययन गरेका हुन् । ८ कक्षामा पुगेपछि भने उनको दैनिकी फेरियो । उनी बिहान ३ घण्टा हिँडेर विद्यालय जान्थे भने अध्ययन सकिएपछि पुनः ३ घण्टा हिँडेर घर फर्कन्थे । विजया माध्यामिक विद्यालय दुल्लुमा कक्षा ८ मा भर्ना भएका उनी शिक्षा हासिल गर्न दैनिक ६ घण्टा हिँड्नुपर्थ्यो । अहिलेको जस्तो मोटर बाटो नभएका कारण उकालो ओरालो गर्दै उनी विद्यालयसम्म पुग्थे । त्यसको लागि पनि उनकी आमाले बिहानैदेखि तयारी थाल्थिन् । खाजाको समेत बन्दोबस्त गरेर उनी सन्तानलाई बिहानै विद्यालय पठाउँथिन् ।
ग्रामीण जीवन, बाल्यकालका स्मृति
ओमको घर छेउमा खोला थियो । उनलाई खोलामा पौडन औधी मन लाग्थ्यो । तर, उनलाई पौडन आउँदैन थ्यो । उनका समकालीन साथीहरू माछा जस्तै पौडिएको उनी बगरमा बसेर हेर्थे । खोला ठुलो भएकाले र उनी सानो भएकाले घरबाट पौडी खेल्न जान दिइँदैन थियो । तर, शनिबारको दिन उनी भागेर या लुकेर भए पनि खोला पुग्थे । साथीहरू पौडिएको देखेर उनलाई पौडन निकै रहर लाग्थ्यो । उनको रहर देखेपछि साथीहरूले कम्मर समाएर उनलाई पौडन सिकाए । यसरी साथीको सहयोगमा पौडी खेल्न सिकेका रिजाल अहिले पनि गाउँ जाँदा खोलाका पानीमा आफूलाई तैर्याउँछन् ।
गाउँको खोला, जंगल, गाई चराउने पाखाहरूसँग अहिले पनि कुरा गरौं, साउती मारौँ झैँ लाग्छ उनलाई । बाल्यकालका यादमा हराउन आनन्द लाग्छ । गाईहरूलाई लिएर जंगलमा छोड्ने, पौडी खेलेर बगरमा पल्टिने जस्ता स्मृतिहरूलाई उनले आफ्नो पुस्तक 'हटारु'मा पनि समेटेका छन् ।
गाउँको खोला, जंगल, गाई चराउने पाखाहरूसँग अहिले पनि कुरा गरौं, साउती मारौँ झैँ लाग्छ उनलाई । बाल्यकालका यादमा हराउन पाउँदा रमाइलो लाग्छ । आनन्द लाग्छ । गाईहरूलाई लिएर जंगलमा छोड्ने, पौडी खेलेर बगरमा पल्टिने जस्ता स्मृतिहरूलाई उनले आफ्नो पुस्तक 'हटारु'मा पनि समेटेका छन् ।
काँचो आँप ढुंगामा थिचेर खाने । काँक्रा चोरेर खाने गरेका दिनहरू उनी अझै सम्झिरहन्छन् । उनी भन्छन्, 'मान्छेहरू सुतिसकेपछि साथीहरूसँग मिलेर काँक्रा चोरेर खाएको मिठो अनुभव छ ।'
उनी आफूले अहिले पनि ग्रामीण जीवन बिताइरहेको बताउँछन् । जागिरे जीवनअन्तर्गत अहिले काठमाडौंमा बसेता पनि गाउँको स्नेह अझैपनि आफूबाट टाढा नगएको उनी महसुस गर्ने गर्छन् । अहिले पनि उच्च जीवनशैली नअपनाएर सामान्य जीवन बिताउने गरेको उनी सुनाउँछन् । ओमको परिवार अहिले पनि सगोलमै बस्ने गर्छन् ।
अरूले गरिब सम्झिने डरले लुकाउँथे रोटी
ठुलो परिवारमा हुर्किएका ओम त्यति बेला गाउँमा बाटोको राम्रो सुविधा नभएको बताउँछन् । सुरुका दिनमा खानपानको लागि पनि समस्या नै थियो । बाटो नभएकै कारण घरमा थाल कम थिए । त्यसैले चार जना दाजुभाइ एउटै थालमा खाना खाने गर्थे ।
बाटो गएपछि भने बिस्तारै सुलभ हुँदै गएको र सामानको सुगमता भएको उनी सुनाउँछन् । उनी भन्छन् 'घरको किन्नै नसक्ने अवस्था त थिएन तर बोकेर ल्याउनू पर्ने हुनाले प्राथमिकतामा राखिँदैन थियो ।'
ठुलो थालमा पस्किएको खाना दूधसँग खान पाउँदा उनलाई रमाइलो लाग्थ्यो । दाजुभाइ रमाइलो गर्दै खाना खाएका यादहरू उनलाई अझै मिठो लाग्छ ।
एक दिन वर्तमान दुल्लुका नगर प्रमुख तथा उनका मिल्ने साथी भरत रिजालले उनको झोलामा भएको कोदोको रोटी कक्षामा सार्वजनिक गरिदिए । उनलाई त्यो दिन निकै नमजा लाग्यो । आफू संसारकै सबैभन्दा गरिब हुँ जस्तो अनुभूति भयो ।
दुल्लुको स्कुले जीवन सम्झिएर अहिले पनि उनलाई मजा लाग्छ । आमाले बिहान ६ बजे उनलाई उठाएर स्कुल पठाउने गर्थिन् । बिहान ६ बजे उठ्नासाथ खाना खान मन लाग्दैन थ्यो । त्यसैले आमाले रोटी दिएर पठाउँथिन् । कहिले मकै, कहिले कोदो त कहिले गहुँको रोटी बोकेर उनी स्कुल जान्थे । बोकेर भन्दा पनि लुकाएर जान्थे । मकैको रोटी र कोदोको रोटी स्कुलमा देखाउन लाजको विषय बन्थ्यो । अन्य विद्यार्थी पनि यी रोटी देखाउन हीनताबोध गर्थे । समाधान स्वरूप उनी झोलामा किताबको बिचमा रोटीलाई भाँचेर लुकाएर लैजान्थे । अन्यले पनि त्यसै गर्थे । रोटी अरूले नदेखुन् भनेर लुकेर खाने गरेको उनी सम्झिन्छन् ।
एक दिन वर्तमान दुल्लुका नगर प्रमुख तथा उनका मिल्ने साथी भरत रिजालले उनको झोलामा भएको कोदोको रोटी कक्षामा सार्वजनिक गरिदिए । उनलाई त्यो दिन निकै नमजा लाग्यो । आफू संसारकै सबैभन्दा गरिब हुँ जस्तो अनुभूति भयो । त्यसपछि उनले साथीहरूसँग मिलेर एउटा योजना बनाए । बाटोमा रहेको परिगाड भन्ने खोलाको गड (पानी रोक्न लगाइएको बान्नो)को ढुंगामा रोटी चेपेर जाने र स्कुलबाट फर्किएपछि खाने निधो गरे । करिब डेढ घण्टामा उनीहरू त्यो स्थानमा पुग्थे र रोटी खान्थे । केही समयपछि यस योजनाको बारेमा गोठालाहरूले थाह पाए र रोटी खाइदिन थाले । जस कारणले कति दिन उनीहरू भोकै पनि भए ।
रत्न दाइको कुखुरा
डेरा गरेर पढ्ने समयमा साथीहरू आउने जाने गर्थे । उनी सम्झिन्छन् 'आदरणीय दाजु रत्नप्रसाद रिमाल पनि कहिलेकाहीँ आउनुहुन्थ्यो ।' एक दिन उनै रत्न दाजुले आफ्नो घरमा पालिएको कुखुरा चोरौँ भन्ने योजना अघि सारे । उनकै सल्लाहमा, उनकै घरको भाले चोरेर ल्याएर खाएको यादले उनलाई फरक अनुभूत गराउँछ । 'त्यो सम्झिँदा के गरिएछ भन्ने लाग्छ', उनी सम्झन्छन् ।
अलिक ठुला साथीहरूले उनलाई सायरी लेख्न लगाउने गर्थे । त्यति बेलै देखी उनलाई साहित्यमा रुचि थियो भन्दा फरक नपर्ला । डेरा बस्दा सायरी लेखेबापत उनले भाडा माझ्न पर्दैन थियो । सायरीले त्यो सुविधा उनलाई दिएको थियो ।
सायरी लेख्दा भाँडा माझ्न नपर्ने
विद्यालय कालमा उनी गणित विषयमा जान्ने विद्यार्थीमध्ये गनिन्थे । गणितसँगै उनी सायरीका लागि पनि चिनिन्थे । विद्यालय स्तरीय साहित्यिक कार्यक्रमहरूमा पनि उनी भाग लिने गर्थे ।
त्यो समयमा चिठी लेख्ने, पत्र मित्रता गर्ने चलन थियो । कक्षामै साथीभाइबीचमा चिठी लेख्ने गरिन्थ्यो । अलिक ठुला साथीहरूले उनलाई सायरी लेख्न लगाउने गर्थे । त्यति बेलै देखी उनलाई साहित्यमा रुचि थियो भन्दा फरक नपर्ला । डेरा बस्दा सायरी लेखेबापत उनले भाडा माझ्न पर्दैन थियो । सायरीले त्यो सुविधा उनलाई दिएको थियो ।
यसरी जोडियो साहित्यको धागो
उनको साहित्यको धागो बाल्यकालसँगै जोडिएको छ । बालकालबाटै लोक साहित्यको सामीप्यले आफूलाई साहित्यमा रुचि भएको उनी बताउँछन् । उनका फुपूहरू लोक साहित्यको झोडा, माँगल आदिमा निकै निपुण थिए । अहिलेको जस्तो चेतना त्यति बेला नभएकाले त्यति बेला ती कुराहरू संकलन गर्न नसकेको उनी बताउँछन् । गुरुहरू बद्री लम्साल, नारायण शर्माले साहित्यप्रति प्रेरणा जगाएको उनी बताउँछन् । बद्री लम्सालले दैलेखको लोक भाकामा लेखेको खण्डकाव्य (रुप्स्या साइको नासो) (रुपवान प्रेमीको नासो) उनले गत वर्ष मागेर ल्याइ प्रकाशन समेत गरे । पुस्तकमा काला पहाडमा जानेहरूको कथा समेटिएको छ ।
एसएलसीको सेरोफेरो
एसएलसी दिने बेलामा उनी केही महिना दुल्लुमा डेरा गरेर बसे । र १४/१५ वर्षकै उमेरमा एसएलसी पास पनि भए । २०५१ सालमा एसएलसी पास गरेका ओमले आफू पास भएको खबर दुई दिनपछि बल्ल पाएका थिए । त्यति बेला फोन गर्नलाई दुल्लुमा जानुपर्थ्यो या एक डेढ घण्टाको दूरीमा रहेको डाँडिमाडी भन्ने ठाउँमा पुग्नुपर्थ्यो । त्यहाँ पनि कहिलेकाहीँ बत्ती आदिको समस्या हुने गर्थ्यो ।
एलएलसी अघिसम्म उनले दैलेख छोडेका थिएनन् । पहिलो पटक काठमाडौं आउँदा अलमल परेको उनी बताउँछन् । बाटो काट्न पनि नआउने, ठाउँ पनि थाह थिएन', विगत सम्झिँदै उनी भन्छन्, 'त्रिचन्द्र क्याम्पसबाट नक्साल जाने बेलामा हराउँछु की जस्तो लाग्थ्यो । निकै डर लाग्थ्यो । बोर्डहरू हेर्दै अन्दाज गर्दै आउने जाने गर्थेँ ।'
नतिजा स्कुलले पनि सोध्ने गर्थ्यो र काठमाडौंमा भएका दाइहरूले यसको बारेमा टिपाउने गर्थे । उनी त्यस बेला दोस्रो श्रेणीमा पास भएका थिए । उनी भन्छन्, 'त्यो समयमा त्यहाँ बसेर यति नम्बर या श्रेणी ल्याउनु पनि ठुलो कुरा थियो ।'
एसएलसीपछि बुवाले उनलाई कानून पढ्न भने । र, उनी आइएल पढ्ने भनेर घरबाट काठमाडौंका लागि निस्किए । उनी काठमाडौं नेपाल ल क्याम्पसमा आइएल पढ्न आएका थिए । तर त्यही वर्षबाट आइएल हट्यो । त्यसपछि के पढ्ने भन्ने भयो । केही समयको अन्यौलतालाई चिर्दै उनी विज्ञान पढ्नतिर लागे । यद्यपि विज्ञान पढेर के गर्ने भन्ने उनलाई केही थाह भने थिएन । त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना भएर उनले बिएस्सीसम्म अध्ययन गरे ।
एलएलसी अघिसम्म उनले दैलेख छोडेका थिएनन् । पहिलो पटक काठमाडौं आउँदा अलमल परेको उनी बताउँछन् । 'दैलेखका मान्छे पनि सजिलै भेटिँदैन थे । बाटो काट्न पनि नआउने, ठाउँ पनि थाह थिएन', विगत सम्झिँदै उनी भन्छन्, 'त्रिचन्द्र क्याम्पसबाट नक्साल जाने बेलामा हराउँछु की जस्तो लाग्थ्यो । निकै डर लाग्थ्यो । बोर्डहरू हेर्दै अन्दाज गर्दै आउने जाने गर्थेँ ।'
उनी कोठा नपाउन्जेल नक्सालस्थित सुरेन्द्र शाह नाम गरेका दैलेखकै एक जना दाजुकहाँ बसेका थिए । काठमाडौं आएपछि ०५२ सालमै उनले दैलेखी सेवा समाजसँग जोडिए । त्यसबेला निकै प्रयत्न गरेपछि दैलेखका ३०/३५ जना भेला हुने गरेको उनी स्मरण गर्छन् ।
पार्टीमा आन्तरिक लोकतन्त्र पनि राम्रो नभएको, मान्छेहरूको पछाडि लागेर, चाप्लुसी गर्नुपर्ने गुट उपगुट लगायतका कुराले राजनीतिप्रति घृणा बढेको उनी बताउँछन् ।
उनले एमएस्सीसम्मको अध्ययन गरेपछि जागिर खान थालेका हुन् । ओमलाई पहिला राजनीतिमा लाग्छु भन्ने लागेको थियो । तर 'हामी जत्तिको सोझो मान्छेलाई नेपालको राजनीति त्यति राम्रो हुँदैन' भन्ने उनलाई लाग्यो । पार्टीमा आन्तरिक लोकतन्त्र पनि राम्रो नभएको, मान्छेहरूको पछाडि लागेर, चाप्लुसी गर्नुपर्ने गुट उपगुट लगायतका कुराले राजनीतिप्रति घृणा बढेको उनी बताउँछन् ।
राजनीतिमा निष्ठा, त्याग, समर्पणको मूल्यांकनको परिपाटी अहिले पनि नभएको उनको भनाई छ । उनी त्रिचन्द्र पढ्ने बेला उक्त क्याम्पस आफैँमा राजनीतिक अखडा जस्तै थियो । अहिले फर्किएर हेर्दा त्यति बेला क्याम्पसमा धेरै राजनीति हुन्थ्यो भन्ने उनलाई लाग्छ । त्यति बेला उनलाई राजनीतिमा लाग्छु जस्तो लाग्थ्यो । तर समयसँगै उनलाई राजनीतिमा लाग्न मन लागेन । वितृष्णा जस्तो भयो । राजनीति समाजलाई रूपान्तरण गरिने हो भन्ने उनले बुझेका थिए तर व्यवहारमा भने त्यो देख्न सकेनन् । विद्यार्थी संगठनमा लागेर जिल्ला कमिटीसम्म पुगेका उनी राजनीतिसँग जोडिइरहन सकेनन् ।
विवाहपछि समय उस्तै रहँदैन, जीवन उस्तै हुँदैन । विवाहपछि आफूसँग केही पनि नभएको उनलाई महसुस भयो र जागिर खानुपर्छ भन्ने लाग्यो ।
आइएस्सी सर, बिएस्सी सर शिक्षण नगर
राजनीति छोडेपछि उनी त्यत्तिकै बसिरहेका थिए । त्यही क्रममा उनलाई विवाह गर्ने इच्छा लाग्यो र विवाह पनि गरे । विवाहपछि समय उस्तै रहँदैन, जीवन उस्तै हुँदैन । विवाहपछि आफूसँग केही पनि नभएको उनलाई महसुस भयो र जागिर खानुपर्छ भन्ने लाग्यो ।
यति बेलासम्म उनका दाजु निजामतीमा प्रवेश गरिसकेका थिए । बुढो मावलीतिरका मामाहरू पनि निजामतीमा थिए । त्यति बेलै दैलेखबाट एकै पटक चार जनाले अफिसर पास गरेका थिए ।
दैलेखमा प्रायजसो शिक्षा विषय पढ्ने गरिन्थ्यो । शिक्षा पढेर गाउँमा जाने र शिक्षण पेसा अपनाउने चलन थियो ।
उनले पनि आइएस्सी सकेपछि दैलेखमा रहेको उन्नयन शिक्षा निकेतन भन्ने स्कुलमा करिब २ वर्ष अध्यापन गराएका थिए । अनि मात्र उनी बीएस्सीका लागि हिँडेका हुन् ।
शिक्षणको निराशाजनक अनुभवपछि उनलाई लोकसेवा नै दिनुपर्छ भन्ने भयो । त्यसैले उनले धनकुटाबाट लोकसेवाको तथ्याङ्क सहायकको फारम भरे । ०६२ सालमा धनकुटा गएर परीक्षा दिए र पास पनि भए ।
बीएस्सी सकेपछि उनले गाउँमा पढाउने निधो गरेर फर्किए । त्यो समयमा विज्ञान पढ्ने र पढाउनेलाई गाउँमा आइएस्सी सर, बिएस्सी सर भन्ने चलन थियो । उनले पढेको पंचदेवल निमावि त्यति बेला मावि भइसकेको थियो । उनले सोही विद्यालयमा पढाउने इच्छा जाहेर गरे । आफूलाई तलब नचाहिने तर खाजा ख्वाउनुपर्ने सर्तमा । तर, विद्यालय व्यवस्थापन समिति, गाविसका पदाधिकारीहरूलाई त्यो कुरा चित्त बुझेन । उनले पढाउन पाएनन् ।
यही प्रसंगमा अन्य पार्टीका मान्छेहरूले यो मेरो पार्टीको मान्छे होइन भने र आफ्नै पार्टीकाले हाम्रो गुटको नभएको बताए । जे होस् उनले पढाउन पाएनन् ।
जिल्लाभित्रका अन्य स्कुलले उनलाई बोलाइरहेका थिए तर उनी गएनन् । राजनीतिप्रति वितृष्णा यसरी पनि जागेको हुनसक्ने उनी अनुमान लगाउँछन् ।
शिक्षणको निराशाजनक अनुभवपछि उनलाई लोकसेवा नै दिनुपर्छ भन्ने भयो । त्यसैले उनले धनकुटाबाट लोकसेवाको तथ्याङ्क सहायकको फारम भरे । भरे भन्दा पनि वर्तमान उपसचिव राजाराम दाहाल इटहरी बस्ने हुनाले उनलाई भर्न लगाए । ०६२ सालमा धनकुटा गएर परीक्षा दिए र पास पनि भए । ०६२/०६३को आन्दोलनपछि उनी यसमा लागेका हुन् ।
उनका दाजु दैलेखमा निमित्त सिडिओ थिए र उनी आन्दोलनकर्मी थिए । मातृका रिजाल, पण्डित तिलक रिजाल सहितको टोलीसँग उनी दिनभरि जिन्दाबाद र मुर्दावाद भन्दै राजाविरुद्ध नारा लगाउने गर्थे । र, बेलुका सिडिओको क्वाटरमा गएर खाना खान्थे । त्यो कुरा थाह पाएर राती १२ बजे मेजरले उनको समूहलाई क्वाटरबाट निकालिदिए ।
उनी आन्दोलनकारीको रूपमा आफ्नै दाइको क्वाटरबाट निकालिए । त्यहाँबाट निस्किएर कांगेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सांसद सीता रानाको घरमा बस्न गएको उनी सुनाउँछन् ।
वर्तमान प्रदेश सांसद घनश्याम भण्डारीसँग मिलेर ०६२/६३ को आन्दोलनमा उनले सडक कविता आन्दोलन समेत गरेका थिए । चोक/चोकमा गएर कविता वाचन गरे । अहिले आएर नेपालको राजनीति हेर्दा हामी किन लागेछौँ जस्तो उनलाई लाग्छ ।
नायब सुब्बा सरहको तथ्याङ्क सहायक पदको जागिरबाट उनले निजामती यात्रा सुरु गरेका हुन् । ०६३ पुसमा उनको पहिलो नियुक्ति जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा भएको थियो ।
अनि प्रवेश गरे निजामती सेवा
उनले ०६२/०६३ को आन्दोलन सुरु नहुँदै धनकुटाबाट तथ्याङ्क सहायकको लागि लोकसेवाको परीक्षा दिएका थिए । ०६३ सालमा यसको नतिजा समेत आयो र, उनको जागिरे जीवन सुरु भयो । त्यसपछि उनी सक्रिय रूपमा राजनीतिमा लागेनन् ।
नायब सुब्बा सरहको तथ्याङ्क सहायक पदको जागिरबाट उनले निजामती यात्रा सुरु गरेका हुन् । ०६३ पुसमा उनको पहिलो नियुक्ति जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा भएको थियो । खोटाङबाट उनी दैलेख गए, दैलेखबाट काठमाडौं आए र ०६६ मा अफिसरको परीक्षा दिए र पास भए । उनको अफिसरको पहिलो पोस्टिङ मुगुमा भएको थियो । मुगुमा उनी करिब २१ महिना बसे । त्यही क्रममा उनले 'रुँदै बग्दै छ मुगु कर्णाली' भन्ने पुस्तक रचे । उनी मुगु गएदेखि फर्किएको दिनसम्मको संस्मरण हो उक्त पुस्तक ।
१० वर्षभन्दा बढी उनी अफिसर भएर काम गरेपछि उनले उपसचिव पास गरे । मुगुपछि उनी निर्वाचन आयोग गए, तत्कालीन रा.स. प्रशासन तालिम केन्द्र, बर्दिया कोलनिका, लोकसेवा केन्द्रीय कार्यालय गए । यहीँ हुँदा उनी उपसचिव पास भए र सार्वजनिक वित्त व्यवस्था तालिम केन्द्रमा गए । अहिले करिब ६ महिनाबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा उनी उपसचिवको रूपमा कार्यरत छन् ।