काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।
साथै नेपालमा हाल भारतको छत्तिसगढ र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो भने देशभर आँशिक देखि सामान्य बदली रहनेछ।
लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।