काठमाडौं । आइसिसी एक दिवसिय विश्वकप छनोटको ‘वार्म अप खेल’ मा नेपालले यूएईलाई २७७ रनको लक्ष्य दिएको छ ।
हरारेमा जारी खेलमा नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २७६ रन बनाएको हो ।
जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा दुई अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । तर आजकाे खेलमा भने नेपालले ब्याटमा निकै सुधार गरेकाे छ ।
विश्वकप छनोट प्रतियोगिताको समूह 'ए' मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्।
समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्।
प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ। दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन्।




























