काठमाडौं । राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, बुटवलले ६४९ बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिएको छ ।
राजस्व कार्यालयले शनिबार पाल्पाको बेझाडबाट रासायनिक मल नियन्त्रणमा लिएकाे हाे । अनुसन्धानका लागि रासायनिक मल नियन्त्रणमा लिइएकाे हाे ।
मलको बिल, कागजपत्र र भण्डारण गरेका व्यक्तिसमेत फेला नपरेपछि कार्यालयले नियन्त्रणमा लिएकाे हाे ।