काठमाडौं । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । २ जना हवल्दार र १० जना जवान गरी १२ जना सशस्त्र प्रहरी केही समयदेखि आफू कार्यरत कार्यालयमा नआएका हुन् ।
कोही बिदामा गएर सम्पर्कमा नआएका र कोही आफु खुसी ब्यारेक छाडेर हिडेको सशस्त्र प्रहरी बलकाे केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
सम्पर्कविहीन हुने हवल्दारमा त्रियुगा नगरपालिका–१६ का छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत वकुमार बस्नेत रहेका छन् । यस्तै अर्का हवल्दार बाँसगढी–३ का बिओपी टेपरी बर्दियामा कार्यरत हरि किसुन थारु रहेका छन् ।
त्यसैगरी, प्रहरी जवानहरुमा झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।
सम्पर्कविहीन भएका हवल्दार र प्रहरी जवानहरुलाई सात दिनभित्र सम्पर्कविहीन हुनुको कारणसिहत कार्यालयमा आउनु पर्ने भन्दै सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयले सूचना जारी गरेको हो ।
एक हप्ताभित्रमा पनि सम्पर्कमा नआए कारबाही प्रक्रिया अगाडि बढाउने सशस्त्र प्रहरीको कार्यालयले जनाएको छ ।