काठमाडौँ । लोक सेवा आयोगले नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुकले अनलाइन माध्यमबाट असार १९ गतेसम्म दरखास्त दिन सक्नेछन् । असार २६ सम्म दाेब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सूचनामा उल्लेख छ ।
यसैगरी, प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु दुई सय बुझाउनुपर्नेछ । समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारकाे हदमा थप समूह प्रत्येकका लागि रु सय थप दस्तुर बुझाउनुपर्नेछ ।



























