लम्पी स्किन राेग फैलिन नदिनका लागि आवश्यक सहजीकरण गर्न कृषि मन्त्रालयद्वारा स्थानीय तहलाई अनुरोध

लम्पी स्किन राेग फैलिन नदिनका लागि आवश्यक सहजीकरण गर्न कृषि मन्त्रालयद्वारा स्थानीय तहलाई अनुरोध

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अहिले महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगलाई रोक्नका लागि आवश्यक सहयोग गर्न देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ ।

मन्त्रालयअन्तगर्तको बजेट तथा कार्यक्रम शाखाका माटोविज्ञ रजनीश मिश्रले जारी गरेकाे पत्रमा यस्तो अनुरोध गरिएकाे हाे ।

रोगका कारण देशका अधिकांश स्थानहरुमा पशुधनको क्षति हुनुका साथै दूग्ध व्यवसायलगायत समग्र कृषि क्षेत्रमा आर्थिक प्रभाव परेकाले महामारीको रूपमा फैलिएको रोग नियन्त्रणका लागि पत्र जारी गरिएको हो ।