काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ८ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ ।
गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो ।
नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले ६३ हजार सात सय ५० बुझेको पाइएको हो ।
नगरप्रमुख अजय थापाले ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी ५१ हजार र खरिदार प्रेम वलीले ५१ हजार अनुगमन भत्ता बुझेको जनाइएको छ ।
यस्तै इन्जिनियर मोहन केसीले ४१ हजार ६ सय ५०, लेखापाल रीता खनालले ४१ हजार ६ सय ५०, ओभरसेयर सरोज भुसालले २८ हजार ५०, शिव पराजुलीले २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले २४ हजार ६ सय ५० बुझेको नगरपालिकाले जानकारी दिएको छ ।
यसैगरी ओभरसेयर अजय कुर्मीले २४ हजार ६ सय ५०, गुरुप्रसाद चौधरीले २२ हजार ९ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० बुझेका छन् ।
वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझेएको जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र माहेताब आलम खाँले १२ हजार सात सय ५० का दरले भत्ता बुझ्नु भएको हो ।
वडाध्यक्ष रिजवान अहमद खाँले १४ हजार ४ सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले ८ हजार ५ सयका दरले भत्ता बुझेएको नगरपालिाले जनाएको छ ।
वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझेएको हो । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले ८ हजार ५ सय अनुगमन भत्ता बुझेएको जनाइएको छ ।