काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ८० रहेको छ भने अधिकतम ९०, गोलभेँडा सानो (लोकल) न्यूनतम ४५, अधिकतम ५५, आलु रातो न्यूनतम ५२, अधिकतम ५४, कायम गरिएको छ ।
त्यस्तै आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ४६, अधिकतम ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी काउली स्थानीय न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ६० अधिकतम ७० र भन्टा डल्लो न्यूनतम ८०, अधिकतम ९० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै बन्दा (लोकल) प्रति केजी न्यूनतम ४५ रहेको छ भने अधिकतम ५५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
त्यस्तै स्याउ फूजी प्रतिकिलो न्यूनतम ३५० रुपैयाँ रहेको छ भने अधिकतम ३८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी अनार प्रतिकिलो न्यूनतम मूल्य ३०० रुपैयाँ र अधिकतम मूल्य ३५० रुपैयाँ रहेको छ ।
कुन तरकारी तथा फलफूलको मूल्य कति ? यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।