काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार घुससहित वडा सचिवलाई नियन्त्रणमा लिएको छ ।
धनुषाको नगराइन नगरपालिका २ का वडा सचिव अमृत झालाई बुधबार घुससहित आयोगले नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले झालाई सेवाग्राहीसँग घुसावापत् लिएकाे ७५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।




























