बैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

बैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

हालका सचिवमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी ३ असारमा सकिँदै थियो ।