काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवेदन दिएका छन् । वर्तमान उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीसहित ९ जनाले आवेदन दिएका हुन् । आवेदन दिएका मध्ये एक जनाको अस्वीकृत गरिएको छ ।
आवेदन दिनेमा प्रा.डा. संगिता सिंह भण्डारी, प्रा.डा. सुमन कुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा. पियुष दाहाल, डा. विधाननिधि पौडेल, प्रा.डा. श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा.अन्जनीकुमार झा र प्रा.डा. मनेन प्रसाद गोर्खाली रहेका छन् ।
आवेदन दिनेहरूमध्ये प्रा.डा. भण्डारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति हुन् । त्यस्तै प्रा.डा. श्रेष्ठ केएमसी अस्पतालका प्राध्यापक हुन् । त्यस्तै डा. मिश्र पूर्वस्वास्थ्य सचिव हुन् । प्रा.डा.दाहाल वीर अस्पतालका चिकित्सक हुन् । त्यस्तै प्रा.डा. पौडेल सिभिल अस्पतालका डाइरेक्टर हुन् । डा. यादव ट्रमा सेन्टरका पूर्व डाइरेक्टर हुन् । डा.डा. नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । प्रा.डा. गोर्खालीले समेत आवेदन दिएका हुन् ।
उपाध्यक्ष नियुक्त गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षता तीन सदस्यीय समिति गठन गरेको थियो ।
आवेदन दिएका डा. वीरेन्द्रप्रसाद यादवको आवेदन भने अस्वीकृत गरिएको छ । उनले पेश गरेको कागजात र स्वयम्ले पेश गरेको वैयक्तिक विवरणमा उल्लेखित अनुभवको अवधि गणना गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ बमोजिमको बीस वर्षको कार्यनुभव पूरा नभएको नदेखिएकाले दरखास्त अस्वीकृत गरिएको हो ।
समितिले साउन २६ गते गोरखापत्रमा सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो ।
समितिले सिफारिस गरेका नामहरूको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेछ ।
समितिले सिफारिस गरेका नामहरूको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेछ । भदौ २६ गते वर्तमान उपाध्यक्ष गिरीको ४ वर्षे कार्यकाल सकिँदैछ । र्तमान उपाध्यक्ष गिरीको ४ वर्षे कार्यकाल सकिनु अघि नै उपाध्यक्ष नियुक्त गर्नुपर्ने जनाइएको छ ।
समितिले साउन २६ गते गोरखापत्रमा सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो ।