प्रतिनिधि सभा बैठक सुरु, आजदेखि मन्त्रालयगत छलफल

प्रतिनिधि सभा बैठक सुरु, आजदेखि मन्त्रालयगत छलफल

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा आजदेखि मन्त्रालयगत छलफल सुरू हुँदैछ ।

विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथि हुने छलफलअन्तरगत मन्त्रालयगत छलफल सुरू हुने संसदसचिवालयले जनाएको छ । बैठकमा चारवटा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । 

वन तथा वातावरण,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयका विभिन्नशीर्षकमाथि छलफल हुनेछ ।

यसका साथै यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गरेका थिए ।