काठमाडौं । सेयर बजार मापन गर्ने नेप्से परिसूचक १९९३ अंकमा झरेको छ । हप्ताको पहिलो कारोबराको दिन सेयर बजार २०.५४ अङ्कले ओरालो लागेको छ । आइतबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ३८२.११ मा सीमित भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता शेयर रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ ।
यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर ९.६३, लिवर्टी इनर्जी ६.३०, अप्पर स्याङ्गे हाइड्रोपावर ५.७९, माहुली लघुवित्त ५.६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५.५१ प्रतिशतले बढेको छ ।
यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर सर्वाधिक मूल्य घट्ने कम्पनीमा परेको छ ।
आज एसियन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इस्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट र माछापुच्छ्रे बैंक सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।