श्रीमानको कुटपिटबाट घाइते वडा सदस्यको मृत्यु

श्रीमानको कुटपिटबाट घाइते वडा सदस्यको मृत्यु

काठमाडौं । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका ११ की वडा सदस्य ज्ञानी विकको श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी दलित महिला सदस्य विकको मृत्यु भएको हो । घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु विकले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।