वीर अस्पतालमा तीन सय नर्स थपिने

वीर अस्पतालमा तीन सय नर्स थपिने

काठमाडौं । सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने तयारी गरेको छ । 

सरकारले उक्त प्रक्रिया तीन साताभित्र टुङ्ग्याउने भएको हो । स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुङ्गिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सो जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ । यस्तै, संघीय अस्पतालहरूमा ५०० स्वास्थ्यकर्मी थप गर्न अर्थ मन्त्रालयको सहमतिमा योजना बनाइएको बताइएको छ ।